राष्ट्रिय दलित आयोगले मुलुकभर हुने जातीय विभेदको उजुरी दर्ता गर्नको लागि अनलाइन उजुरी सुरु गरेको छ। सोमबार उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अनलाइनको उद्घाटन गरेका हुन्।
सूचना दिएपछि आयोगले उजुरीको ढाँचामा अघि बढाउने राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले बताए। ‘कानुनी उपचार सहजताको लागि अनलाइन उजुरी सुरु गरेका हौँ’ उनले भने।
जातीय हिंसामा परेकाले मोबाइलबाटै उजुरी दिन सक्ने बनाएमा समयमै न्यायमा पुग्ने माध्यमको रूपमा विकास गरेको विश्वकर्माले बताए।
सोमबार नै आयोगले पाँच वर्षे रणनीति सार्वजनिक गरेको छ।
प्रकाशित: १४ पुस २०८२ १३:३५ सोमबार





