७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

फेसबुकबाट सामाजिक सद्भाव भड्काउन खोज्ने पक्राउ

काठमाडौं— सामाजिक सञ्जाल फेसबुकमा गलत तथ्य सहितको सूचना सम्प्रेषण गर्दै सामाजिक सद्भाव भड्काउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरी एप 'हाम्रो पुलिस'मा परेको उजुरी आधारमा प्रहरीले मोरङ केराबारीको केयु एकेडेमीमा कार्यरत विजय अधिकारीलाई पक्राउ गरेको हो।

अधिकारीले 'भर्खर नाकामा बम विस्फोट हुँदा ४७ जनाको मृत्यु, ५२ जना घाइते बाँकी विवरण आउन बाँकी...' भनेर अफवाह फैलाएका थिए। यो भ्रामक स्ट्यासबारे प्रहरी एपमा उजुरी परेको थियो।

एपमा परेको उजुरी परेपछि काठमाडौं स्थित महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो। महाशाखाको अनुसन्धानले फेसबुकमा विजय विराट नामको अकाउन्टबाट यस्तो पोस्ट भएको पत्ता लगाएको थियो। प्रहरी अनुसन्धानले सोही व्यक्ति विजय अधिकारी भएको पुष्टि गरेको थियो।

अपराध महाशाखाको सहयोगमा उनलाई इलाका प्रहरी कार्यालय केराबारीले असोज १४ गते पक्राउ गरेको छ। थप कानुनी कारवाहीका लागि प्रक्रिया अघि बढाइएको महाशाखाले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७२ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App