२१ पुस २०८२ सोमबार
image/svg+xml
अन्य

अमेरिका र क्यानडा पठाउने भन्दै लाखाैं ठगी गर्ने दुई पक्राउ

काठमाडौं–उच्च पदस्थ व्यक्तिसँगको पहुँच देखाई अमेरिका पठाउने भनि रकम ठगी गर्ने भागचन्द्र महर पक्राउ परेका छन् । उनले अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिबाट ४५ लाख गठी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार महर काठमाडौंको टेकुस्थित सेन्ट्रल इन्भेष्टिगेसन सेक्यूरिटी फोर्स प्रालि संचालनका संचालक हुन् ।सुर्खेत छिन्चु गाविस–२ का ४७ वर्षीय भागचन्द्र महरलाई महानगरीय अपराध महाशाखाले बुधबार टेकुबाट पक्राउ गरेको हो। महरले म्याग्दीका राजेश रोका, थमनबहादुर रोका र दिपिल बुढाथोकीबाट अमेरिका पठाइदिने भनी प्रतिव्यक्ति १५ लाखका दरले ४५ लाख रुपैयाँ रकम लिई विदेश पठाउन सकिन भन्दै खातामा रकम नभएका विभिन्न बैंकका चेकहरु फिर्ता दिएका दिई ठगी गरेका थिए ।

प्रहरीका अनुसार महरल कार्यालयमा उच्चपदस्थ व्यक्तिसँग खिचिएका फोटो राखी राम्रो सम्बन्ध रहेको देखाइ पीडितसँग प्रतिव्यक्ति १५ लाख रुपैयाँ दिएमा १ महिनाभित्रै रोजगारीको लागि अमेरिका पठाइदिने भनी प्रलोभनमा पारेका थिए ।महरको कार्यालयबाट नेपाल तथा भारतका उच्चपदस्थ व्यक्तिहरुसँग खिचाएका तस्वीर, नगद १ लाख ९८ हजार रुपैयाँ, पीडितको राहदानी एवं अन्य कागजातसेमत बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी रसिया काम गर्न जाने प्रलोभनमा ठगिएका सिन्धुली ककुर गाविस–३ बस्ने सोमबहादुर तामाङलाई समेत ठगिएको रकम अनुसन्धान गरी फिर्ता दिलाइ दिन्छु भनि आफ्नो कार्यालयमा बोलाई ३ लाख रुपैयाँ लिई ठगी गरेको उजुरी परेको अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

यसैबीच क्यानडा अध्ययन गर्न पठाउने भन्दै ठगी गर्ने काठमाडौं महानगरपालिका–३१ घण्टाघर वल्र्डवाइड एजुकेशन इन्फर्मेसन सेन्टर प्रालिका संचालक काठमाडौं बसुन्धरा बस्ने गोरखा खोप्लाङ–२ का ३६ वर्षीय हरिराम आचार्यलाई महानगरीय अपराध महाशाखाले मंगलबार काठमाडौं घण्टाघरबाट पक्राउ गरेको छ ।

आचार्यले काठमाडौं विशालनगर बस्ने उदयपुर त्रियुगा नगरपालिका–८ का गोविन्दराज दाहाललाई १२ लाख रुपैयाँमा अध्ययन भिषामा क्यानडा पठाइदिन्छु भनी प्रोसेसिङको लागि ६५ हजार रुपैयाँ र राहदानीलगायतका कागजातहरु लिएका थिए । तर आचार्यले नर्थन कलेज क्यानडा र पुरेश कलेज अफ टेक्नोलाजी गरी एकै विद्यार्थीको नाममा दुईवटा कलेजका अफरलेटर दिएको र शंका लागि रकम फिर्ता माग्दासमेत नदिएपछि शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाबाट आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महाशाखामा पत्राचारपछि आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित: ९ भाद्र २०७२ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App