६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

'रत्नाकर होइनन् महेश'

काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्योगमन्त्री महेश बस्नेतको आत्मकथा 'म महेश' विमोचन गरेका छन्। विमोचित किताब एकपटक पनि नपढेका ओलीले बस्नेतको कथा 'रत्नाकर डाकुबाट वाल्मिकी'को कथा नभएको बताए।'यो रत्नाकर डाकुबाट वाल्मिकी बनेको कथा होइन, उनी हिजो पनि महेश बस्नेत थिए र आज पनि महेश बस्नेत नै छन्,' ओलीले भने, 'उनी बहुआयामिक व्यक्तित्व हुन। अहिले साहित्यकार बनेका छन्।' ओलीले माओवादीको त्रासदीपूर्ण अवस्थामा समेत त्यसविरुद्ध आवाज उठाउने बस्नेतले साहस गरेको भन्दै प्रशंसा गरेका थिए।

कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले आत्मकथा लेख्नु सहज विषय नभएको भन्दै झनै एकडेढ दशक अवस्थामा काम गर्नु झनै चुनौतिपूर्ण रहेको बताए।

'खाली तालीमात्रै खोज्ने थोरे आलोचना हुने वित्तिकै खिन्न हुने लोकतान्त्रिक आचारण कमजोर भएको नेपाल जस्तो देशमा आत्मकथा लेख्नु निकै चुनौतीपूर्ण हुन्छ,' ज्ञवालीले भने, 'एकडेढ दशकका घटनाक्रममा बसेर लेख्नु झनै चुनौतीपूर्ण हुन्छ। कुनै घटनालाई अलि बढी लेख्यो भने अतिरञ्जना गर्योि भन्ने हुन्छ। कुनै कुरालाई छाड्यो भने स्केप गर्योम भनेर भनेर आलोचना हुन्छ।'

पुस्तकको बारेमा चर्चा गर्दा ज्ञवालीले तीन चरणमा राखेर हेर्नुपर्ने बताए। बस्नेतको बाल्यकाल, गाबिस अध्यक्षदेखि युवा संघको अध्यक्ष र पछिल्लो चरणमा उहाँ मन्त्री भएपछिको समय।

'बस्नेतको विगतको गतिविधि अहिलेको परिस्थितिमा राखेर हेर्दा केही अस्भाविक लाग्न सक्छ। तर ती घटनाको हुँदा परिस्थिति कस्तो थियो भनेर बिर्सनु हुँदेन,' ज्ञवालीले भने।

कार्यक्रममा लोकगायिका कोमल वलीले मन्त्री महेश बस्नेतलाई आफ्नो गीतमा शिव बनाउने चाहना पूरा नभएको भन्दै गुनासो गरिन्।

'मेरो दुई वटा चाहना थियो। मेरो गीतमा महेशलाई शिव बनाएर खेलाउने। उहाँ मन्त्री हुनुभयो त्यो पूरा नहुने भयो,' उनले भनिन्, 'तर अर्को चाहना मंसिरसम्म पूरा होला जस्तो छ। केपी ओली प्रधानमन्त्री बन्नुहुन्छ।'

प्रकाशित: २७ श्रावण २०७२ २३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App