७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

सामाखुशीको सहकारीबाट ७ लाख रूपैयाँ र ४३ ताेला सुन चाेर्ने पक्राउ

काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले सामाखुसी चोकमा सञ्चालित जनमिलन सहकारी संस्थाबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी गरी फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

 

गत वैशाख १२ गते भूकम्प गएको मौकापारी काठमाडौँ महानगरपालिका–२९ स्थित उक्त सहकारी संस्थाबाट नगद रु सात लाख १७० र विभिन्न गरगहना (करिब ४३ तोला) भएको सेफसमेत चोरी गरी फरार रहेका नुवाकोट जिल्ला भाल्चे–९ घर भई काठमाडौँ सामाखुसी डेरा गरी बस्ने २२ वर्षीय तिलक भन्ने राजु तामाङलाई मङ्गलबार पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

पक्राउ परेको तामाङलाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ । रासस

प्रकाशित: १३ श्रावण २०७२ ११:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App