बाल्मीकिले फेसबुक ह्याक गरी केटीहरुको फेसबुक अकाउन्टमा आफ्नो पहुँच ल्याउने र त्यसपछि चरित्र हत्या हुनेगरी प्रोफायल पिक्चर परिवर्तन गरिदिने, यौन दुव्र्यवहार गर्ने गर्दै आएका थिए। ह्याक्ड भएको फेसबुक अकाउन्ट फिर्ता पाउन उनले पैसा समेत माग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
वाल्मीकिलाई प्रहरीले नेपालगञ्जबाट कानुनी कारवाहीका लागि महानगरीय अपराध महाशाखा ल्याएको छ। उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाही गरिने प्रहरीले उल्लेख गरेको छ।
उनको साथबाट प्रहरीले एक थान लेनेभोको ल्यापटप तथा एक थान बर्ड मोबाइल फोन पनि बरामद गरेको छ।
प्रकाशित: २३ असार २०७२ ०४:१७ बुधबार





