७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

संगठित अपराध घटे, चोरी–बलात्कार बढे

काठमाडाैं–उपत्यकामा गम्भीर प्रकृतिका संगठित आपराध घटे पनि चोरी, बलात्कार र सरकारी कागजपत्र किर्तेका घटना बढेका छन् ।महानगरीय आयुक्तको कार्यालयद्वारा उपलब्ध तथ्यांकअनुसार गत वर्षको तुलनामा गम्भीर आपराधिक घटना १७ प्रतिशत भएका छन्। चोरीका घटना २९ प्रतिशत बढेका छन् भने किर्ते २१ प्रतिशत र बलात्कारका घटना ११ प्रतिशतले बढेका छन्।

२०७०/०७१ मा उपत्यकामा ६ हजार ८ सय १९ वटा आपराधिक घटना भए । ०७१/७२ मा यस्ता घटना कम भएर ५ हजार ६ सय ४४ आपराधिक घटना प्रहरीमा आए । दुई वर्षका आपराधिक घटनाको तुलना गर्दा उपत्यकामा१७ प्रतिशतले अपराध घटेको देखिन्छ ।उपत्यकामा गत वर्ष २ सय ५२ चोरीका घटना प्रहरीमा दर्ता भएका थिए । गत वर्ष असारदेखि ०७२ असारसम्म ३ सय २७ वटा चोरीसम्बन्धी केस प्रहरी कार्यालयमा परेका छन् ।

यस वर्ष सरकारी छाप र दस्तखत किर्तेसम्बन्धी १ सय २४ घटना प्रहरीमा आए । गत वर्ष किर्तेका १ सय ११ घटना भएका थिए । गत वर्ष उपत्यकामा ६० वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए भने यस वर्ष बढेर ७३ पुगेको आयुक्त कार्यालयको तथ्यांकमा उल्लेख छ ।अपहरण, मानव बेचबिखन, हत्या, हत्या प्रयास, डकैती, लागुऔषध र अवैध हतियारजस्ता गम्भीर अपराध उपत्यकामा मुख्य समस्या देखिँदै आएको छ । तर यस वर्ष यस्ता अपराध भने घटेको देखिन्छ ।

मानव बेचबिखन अपराध यस वर्ष १८ प्रतिशत घटेको छ भने अपहरणमा ५३ प्रतिशत कमी आएको छ । हत्या ४१ प्रतिशत, हत्या प्रयास ७ प्रतिशत, डकैती १७ प्रतिशत, लागुऔषध १७ प्रतिशत र अवैध हतियारका घटना ४० प्रतिशत घटेको आयुक्त कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांकबाट देखिन्छ ।उपत्यकाका तीन जिल्लामध्ये ८१ प्रतिशत अपराध काठमाडौंमा भएका छन् । ललितपुरमा १२ र भक्तपुरमा ७ प्रतिशत आपराधिीक घटना हुने गरेका छन् ।

प्रकाशित: २१ असार २०७२ ०५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App