सिरहा कल्याणपुर जब्दीका संजयकुमार साह, नवलपरासी बर्दघाटका अमितजंग रायमाझी लगायतका व्यक्तिलाई इटाली र स्पेन पठाइदिने प्रलोभन दिएर पन्तले पैसा असुलेका थिए। युरोपका ती मुलुकमा जागिरसमेत लगाइदिने भनी प्रलोभनमा पारी प्रतिव्यक्ति ८ लाखका दरले संकलन गरी उनीहरुलाई भारतको बाटोबाट लैजाने भनी ४ महिना भारत महिपालपुर सोल्टी गेष्ट हाउसमा राखेर पन्त फरार रहेका थिए।
प्रारम्भिक अनुसन्धानबाट पन्तले विभिन्न ८ जना व्यक्तिहरुबाट करीब ४० लाख रुपैयाँ ठगी गरेको देखिन आएको प्रहरीले जनाएको छ। पन्तले आफू चेराखोला हाइड्रोपावरको संचालक हुँ भनी विश्वासमा पारी पैसा असुलेको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुरेश नेपालमा मान्छे जम्मा पार्ने उनका भाई गणेश पन्तले भारतबाट विदेश पठाउने कार्य मिलाउने गर्दै आएको प्रहरीले उल्लेख गरेको छ।
प्रकाशित: ८ असार २०७२ ०६:४५ मंगलबार




