काठमाडौंस्थित कान्तिपुर कलेजमा बिबिए अध्ययनरत धनुषाको तुलसीयाहीकै ऋतु महासेठको छुरा प्रहार गरी हत्या गरेको आरोपमा यादवलाई दोषी ठहर गर्दै जिल्ला अदालतले आइतवार यस्तो फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश कुलप्रसाद पोखरेलको एकल इजलाशले यादवलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै २० वर्ष कैद सजाय हुने फैसला गरेको हो।
काठमाडौंका विभिन्न ठाउँमा लुक्दै हिँडेका यादवलाई प्रहरीले २०७० मंसीर २५ पक्राउ गरेको थियो।
यादवले ऋतुले प्रेममा धोका दिएकाले पागलजस्तै भएर हत्या गरेको बयान अदालतमा दिएका थिए।
काठमाडौंमा निजी सवारी चालकको काम गर्ने यादवले महासेठ र आफूबीच ६ वर्षदेखि प्रेम रहेको थियो। तर, केही महिना अघिदेखि स्तर मिल्दैन भन्दै धोका दिएकाले आफू विक्षिप्त भएर हत्या गर्न पुगेको अदालतमा यादवले बयान दिएका थिए।
यादव करिब ५ वर्ष पहिले ऋतुको घरमा ट्याक्टर चलकका रुपमा कार्यरत रहेका थिए। त्यहीक्रममा आफूहरुबीच प्रेम भएको र उच्च शिक्षाका लागि ऋतु काठमाडौं आएपछि धोका दिएको उनको बयानमा उल्लेख छ। यादव र ऋतु सँगै काठमाडौ आएका थिए।
२०७० मंसीर २० दिउँसो मैतीदेवीस्थित सेतोपुल भन्दा केही तल अनामनगरतर्फ साथीसँगै बिहेभोजमा जाँदै गरेकी ऋतुलाई यादवले छुरी प्रहार गरी हत्या गरेका थिए।
यादवले ६ वर्षदेखिको सम्बन्ध टुटेपछि हत्या गरेको अदालतमा स्वीकार गरेकाले दोष ठहर भएको जिल्ला अदालतको फैसलामा उल्लेख छ। हत्या भएको ५ दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।
साथीको विवाहमा सहभागी हुन जाने क्रममा घट्टेकुलो धोबीखोला किनारमा अन्धाधुन्ध छुरी प्रहारबाट २० बर्षीया महासेठको हत्या भएको थियो। शनिबार सवा ११ बजे ऋतु दुई जना साथीसँग साथीको विवाहमा सहभागी हुन उनी बस्दै आएको एफएनएफ गल्स होस्टलबाट निस्केर सय मिटर कटेपछि उनीमाथि एक युवकले अन्धाधुन्ध छुरी हानेर गम्भीर घाइते बनाएका थिए।
छुरी हानेर ती युवक भागेपछि रितुसँगै रहेका अनुपा राजवंशी र कल्पना साहले स्थानीयलाई बोलाएर उनलाई उपचारका लागि काठमान्डौ मेडिकल कलेज पूर्यानए पनि सो अस्पतालले उनलाई शिक्षण अस्पताल महाराजगन्ज रेफर गरेको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको थियो।
एसएलसी परीक्षा उत्तीण भएपछि ऋतु उच्च शिक्षाका लागि काठमाडौं आइन्। काठमाडौंको कान्तिपुर कलेज बानेश्वरमा भर्ना भएकी उनी मैतीदेवीको एफएनएफ गर्ल्स होस्टलमा बस्दै आएकी थिइन्। हाल उनी बिबिए पहिलो बर्षमा पढिरहेकी थिइन्। ऋतु काठमाडौं आएपछि यादवले पनि यतै आएर बालाजुको एक कारखानामा सवारी चालकका रुपमा काम गरि वसेका थिए।
यी दुवैबीच काठमाडौंमा समेत भेट भएको र घटनाभन्दा २ महिना अगाडिसम्म राम्रै सम्बन्ध रहेको थियो। करिब २ महिनाअगाडि ऋतुले यादवलाई आफूसँग भेट्न नआउन भनेपछि यादव उनीसँग रिसाएका थिए।
उनले रितुसँग पटकपटक भेट्ने प्रयास गर्दासमेत सफल नभएपछि होस्टलनजिक आएर उनको बाटो छेकेर आफूसँग भेट्न दबाब दिएका थिए। उनले ऋतुलाई सम्बन्ध निरन्तर नभए जे पनि गर्नसक्ने भन्दै धम्क्याएका थिए। त्यस लगत्तै उनले ऋतुको हत्या गरेका थिए।
प्रकाशित: ३१ जेष्ठ २०७२ ०७:२४ आइतबार





