६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

७० वर्षेले करणी गरेकेा स्वीकारे

पाँचथर– शारिरीक रुपमा असक्त रहेकी वालिकालाई केहि दिन अघि जवरजस्ति करणीको आरोप लागेका एक ७० वर्षीय वृद्धले आरोप स्वीकारेका छन्। सुस्त मनस्थिती भएकी १३ वर्षीय वालिकालाई जवरजस्ति करणी गरेकेा अरोप लागेका लुङ्रुपा –३ का देवि राईले आफूले गरकेा अपाराध स्वीकार गरेकेा प्रहरीले जानकारी दिएको छ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी इक्पेक्टर रविराज थपलियाका अनुसार पीडितकेा उजुरीमा पक्राउ परेका राईले आफूले गल्ति गरेकेा भन्दै आरोप स्वीकारेका हुन। राम्रोसँग बोल्न नसक्ने वालीकालाई मकैवारीमा तानेर लगेर जवरजस्ती करणी गरेको आरोप लागेकेा थियो। घाँस काट्न गएकी महिलाले देखेपछि गाँउमा हल्ला गरिएकेा थियो।

आरोपित वृद्धलाई प्रहरीले घटना भएकेा भोलिपल्ट पक्राउ गरेकेा थियो। पीडितसँग सँगै राखेर कुरा गर्दा राई अपराध स्विकारेपछि मुद्धाको प्रक्रिया अगाडी बढाएको उनले जानकारी गराए। वोल्न नसक्ने पीडित वालिकालाई फिदिम ल्याएर स्वास्थ्य उपचार गरिएको थियो। वालिकाको स्वास्थ्य अवस्था सामान्य रहेकेा बताइएको छ।

प्रकाशित: ३० जेष्ठ २०७२ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App