६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

गैडाको खाग सहित १ जना पक्राउ

वीरगन्ज-सशस्त्र प्रहरीले पर्साबाट गैंडाको खाग सहित एक जनालाई पक्राउ गरी जिल्ला बन कार्यालयलाई बुझाएको छ। पर्साको बहुअरी पिडरी –८ डकैलाका ५५ बर्षे छोटेलाल साहलाई सोमबार साँझ डकैलाबाट गम्हरिया जाने बाटोमा खाग सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।


साहले पर्साको परवानीपुरका रामएकबाल मण्डलले आफुलाई गैंडाको खाग हो भनी यो बस्तु घर मैं पुर्यााएको बयान दिएको सहायक बन अधिकृत मदनप्रसाद सिंहले बताए। २ लाखको लोभमा परेर यस्तो गरेको साहले बयान दिएका छन्।
साहलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन अन्तरगत मुद्दा दर्ता गरिएको छ। साहसंग भेंटिएको भनी सशस्त्र प्रहरीले बुझाएको खागको वजन ५०६ ग्राम, लम्बाई १९.५ सेन्टिमिटर, फेदको गोलाई २९ सेन्टिमिटर र टुप्पोको गोलाई १० सेन्टिमिटर छ। प्रथम हेराईमा खाग देखिएको बस्तुलाई के हो भनी यकिन गर्न बिधि बिज्ञान प्रयोगशाला काठमाडौंमा पठाइने छ।

प्रकाशित: २२ पुस २०७१ ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App