३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

ललितपुर–१ मा कांग्रेसका सह–महामन्त्री उदय शमशेर राणाको मनोनयन दर्ता

प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उदय शमशेर राणा ले नेपाली कांग्रेसका तर्फबाट मनोनयन पत्र दर्ता गराएका छन्।

इमानदार छवि, नीतिगत दक्षता र स्वच्छ राजनीतिक पहिचानका रूपमा परिचित छन्। पार्टीभित्र नीतिगत बहस, संगठन सुदृढीकरण र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न सक्रिय रहँदै आएका राणाले हालै सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मनोनयन दर्तापछि उनले ललितपुर–१ का नागरिकबाट प्राप्त विश्वास र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै विकास, शान्ति, सुशासन र सेवामूलक राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: ६ माघ २०८२ १९:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App