६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

विमान खाने सागर

इन्डोनेसियाबाट सिंगापुर गइरहेको एयर एसियाको विमान क्यूजेड ८५०१ अझै बेपत्ता छ। विमानमा १ सय ५५ यात्रु सवार थिए। हराएको विमान र एयर ट्राफिक सिस्टम (एटीसी) बीच भएको अन्तिम संवादमा विमानका पाइलटले बाटो बदल्ने कुरा उल्लेख गरेका थिए। त्यसपछि विमान बेपत्ता भएको थियो।
विमान कसरी बेपत्ता भयो भन्ने रहस्य अझै सुल्झिएको छैन। हरेक पटक विमान हराउँदा रहस्यमयी बर्मुडा ट्रिएंगलबारे चर्चा हुने गरेको छ। किनकि, समुद्रको यो खण्डमा अहिलेसम्म धेरै हवाइजहाज र पानीजहाज हराइसकेका छन्। यद्यपि, एयर एसियाको हराएको पछिल्लो विमान बर्मुडा ट्रिएंगलमा हराए/नहराएको भने पुष्टि भएको छैन।
वैज्ञानिकहरूले वर्षौंदेखि बर्मुडा त्रिकोणको यो रहस्य सुल्झाउने प्रयास गर्दै आएका छन्, तर सकेका छैनन्। एटलान्टिक महासागरमा रहेको यो जलक्षेत्रमा त्यस्तो के छ, जसले त्यो क्षेत्रको पानी अथवा आकाश हुँदै गुज्रिने हरेक वस्तुलाई आफूतर्फ खिँच्छ भन्ने विषयमा कसैले यथार्थ कुरा पत्ता लगाउन सकेको छैन। दोस्रो विश्वयुद्धताका यो जलक्षेत्रको पानी र आकाश हुँदै उडेका कैयौँ युद्धक विमान र पनडुब्बी हराएका थिए। त्यसैले कुनै पानीजहाज अथवा विमान हरायो भने त्रिकोणले निल्यो कि भन्ने अनुमान गर्ने गरिन्छ।

प्रकाशित: १८ पुस २०७१ १०:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App