७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

यौन दुर्व्यवहार आरोपमा कुटिएका पुरुषको मृत्यु

खोटाङ–यौन दुर्व्यवहारको आरोपमा निर्घात कुटिएका एक पुरुषको ज्यान गएको छ। यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाका आफन्तबाट कुटिएका दिक्तेल नगरपालिका–७ का ५६ वर्षीय खड्गबहादुर राईको दुई दिनपछि मृत्यु भएको हो। विश्वकर्मा थरकी एक महिलालाई यौन दुर्व्यवहार गर्न खोजेको भन्दै शनिबार राती कुटिएका राईको उपचारका लागि काठमाडौं लैजाने क्रममा सोमबार बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला अस्पताल दिक्तेलमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा गम्भीर घाइते राईको सिन्धुलीको खुर्कोटमा पुर्‍याइएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी सहायक निरीक्षक मनोजकुमार यादवले बताए।

राईको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमै ल्याइएको छ। प्रहरीले राईलाई कुटपिट गर्ने स्थानीय ५४ वर्षीय अविबहादर विश्वकर्मा र ३७ वर्षीय होमबहादुर विश्वकर्मालाई पक्राउ गरेको छ।

खड्गबहादुरले यसअघि पनि सो महिलामाथि यौन दुर्व्यवहार गर्ने गरेको विश्वकर्मा परिवारले जनाएको छ। राई र विश्वकर्मा परिवारबीच हुने यौन दुव्र्यबहारका विषयमा यसअघि पनि पटक–पटक मिलापत्र गराएर छाडिएको प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए।

प्रकाशित: १४ पुस २०७१ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App