पशु कर्मचारी झा लाई अज्ञात लुटेरनहरुले नियन्त्रणमा लिएर कुटपीट गर्दै गर्दा नीजका छोरा अनिल कुमार झाले वुवा घरमा पुग्यो की पुगेन भन्ने सोध्नका लागि उनको मोवाइलमा फोन गरेपछि लुटेराहरुले बाबुलाई अपहरण गरेको र दश लाख रुपैया लिएर आउन धम्की समेत दिएका थिए। फोनमा धम्की पाए लगतै अनिलले रौतहटका प्रहरी उपरिक्षकलाई खबर गरेपछि सादा पोशाकमा रहेका नेपाली प्रहरीले भारतीय प्रहरीको सहयोगमा घटनास्थलतर्फ गएको थियो।
कर्मचारी झासँग भएके एक हजार नगद र एक थान मोबाइल भारतीय लुटेराहरुले लुटेर पुल नजिकै रहेको उखुवारिमा छोडेर भागेका थिए। घाइते अवस्थामा रहेका झा लाई स्थानियको सहयोगमा बैरगनिया (भारत) का सुरक्षाकर्मीको जिम्मा लगाएपछि नेपाल प्रहरीले उनको उद्धार गरी जिल्ला अस्पताल गौरमा उपचार गराएको प्रहरी उपरिक्षक थपलियाले बताए।
प्रकाशित: १० पुस २०७१ २१:४५ बिहीबार





