रौतहट- सशस्त्र प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। रौतहटको ब्रहम्पुरी गाविस-२, का २७ वर्षीय मोहम्द मोमताज आलमलाई सशस्त्र प्रहरी बिओपी वेलविछवाको टोलीले लागुऔषधसहित पक्राउ गरेको हो।भारतको वैरगनिया बजारबाट अवैधरुपमा लागुऔषध खरिद गरेर नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा विषेश सूचनाको अधारमा सशस्त्र प्रहरी विओपि वेलविछवाको टोलिले चेकजाचको क्रममा बाग्मती नदीको बाँधबाट डाइजिपाम ९९ एम्पुल, नोरफिन ९८ एम्पुल र फेनारगन १०० एम्पुल र साइकल थान १ सहित उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक विदुर खडकाले बताए।
पक्राउ परेका आलम लागुऔषधको कारोबारी भएकाले उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक खडकाले बताए।
प्रकाशित: ८ पुस २०७१ ०४:११ मंगलबार