६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

धारिलो हतियार प्रहार गरी महिलाको हत्या

रौतहट- धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ। सिमरा-भवानीपुर-९, दयालपुरटोलका धर्मलाल चौधरीको ३२ वर्षीया श्रीमती सविता देवी चौघरीको खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।शनिबार राति ८ बजे वसन्तपुर बजारमा सविताले सञ्चालन गरेको कस्मेटिक पसलबाट घर फर्किने क्रममा उनका छिमेकी ३३ वर्षीय सञ्जिव चौधरीले महिलाको घाटीमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए। गम्भीर घाइते भएकी सविताको उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको डीएसपि भिमप्रसाद ढकालले बताए।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक महिलाको श्रीमान धर्मलाल विगत दुइ वर्षअघि वैदेशिक रोजगारीका लागि कतारमा छन्। पुरानो रिसिबीका कारण सविताको हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ।

महिलाको हत्या गरेर सञ्जिव फरार छन्। निजलाई पक्राउ गर्न जिल्लाका प्रहरी युनिटलाई पत्राचार गरिसकेको डीएसपी ढकालले बताए।

प्रकाशित: २७ मंसिर २०७१ २१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App