७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

बंगलादेशी प्रदर्शनीमा नेपाली कला

काठमाडौं- नेपाली कलाकारको टोलीले बंगलादेश शिल्पकला एकेडेमीद्वारा आयोजित १६ औं 'एसियन आर्ट बाइनाले'मा सहभागिता जनाएको छ। प्रत्येक २/२ वर्षमा हुने बाइनालेमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य तथा चित्रकला विभाग प्रमुख रमेश श्रेष्ठको नेतृत्वमा कला समालोचक मदन चित्रकार, प्राज्ञसभा सदस्य लालकाजी लामा, चित्रकार सुष्मा शाक्य र मूर्तिकार विजय श्रेष्ठको टोली बंगलादेश पुगेको थियो।आयोजक राष्ट्रसहित ३२ देशका कलाकारको कलाकृति समावेश उक्त कला बाइनालेको उद्घाटन बंगलादेशका अर्थमन्त्री अबुल माल ए मुहितले गरेका थिए। बाइनालेको प्रदर्शनीम नेपालका तर्फबाट मुकेश श्रेष्ठ, धनबहादुर याखा, संगी श्रेष्ठ, हरिजंग बमजन, सुष्मा राजभण्डारी, नरेन्द्र लिम्बु, सत्यकला कसजु, ज्योतिप्रकाश विक, सुष्मा शाक्य, सुमित्रा लामा, पञ्चलाल श्रेष्ठ, सूर्य बराइली, उमेश श्रेष्ठ, लालकाजी लामा, विजय श्रेष्ठ, विवेक मुकारुङ र रमेश श्रेष्ठका चित्रकला र मूर्तिकला सहभागी गराइएको थियो।

बाइनालेमा कतारका हेस्सा अहमद कल्ला, बंगलादेशका अहमद अब्दुल मोमेन मिल्टन र गुलशन हुसेनले २/२ लाख टाकाको ग्रान्ड प्राइज जिते भने बंगलादेशका नरुल अमिन, कमरुजमान सदिन, म्यानुल स्लाम पाउल, विश्वजित गोस्वामी, ओमनका हमिदा अलजावरी, डा. फख्रीया अल याहलले ५०/५० हजार टाकाको अनरेबल मेन्सन प्राइज प्राप्त गरे।

प्रकाशित: २७ मंसिर २०७१ २०:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App