६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

बियरको बोतलले हानेर सशस्त्र प्रहरी जवानको हत्या

सुर्खेत— बीरेन्द्रनगर नगरपालिका–११ चनौटे घर भई सशस्त्र प्रहरी गण मुख्य कार्यालय सुर्खेतमा कार्यरत प्रहरी जवान ईन्द्र बहादुर बुढाको कुटपिटबाट मृत्यु भएको छ।कात्तिक ६ गते राति ११:२० बजे घर नजिकै पुग्दा बा.६१ प ४४७ नम्वरको मोटरसाइकलमा आएका व्यक्तिहरुले बुढाथोकीलाई बियरको बोतलले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। तत्कालै उपचारको लागि क्षेत्रीय अस्पताल सुर्खेत लगिएकोमा उनको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

उक्त घटनामा संलग्न मोटरसाइकल चालक जर्वुटा–१ बस्ने २३ बर्षीय गगन शाही, १८ बर्षीय सुभाष सिंह ठकुरी, २८ बर्षीय धनेश्वर चपाई, १६ बर्षीय चन्द्र बहादुर थापा र बिरेन्द्र नगरनगरपालिका–९ बस्ने २१ बर्षीय मिलन मल्ललाई प्रहरीले नियन्त्रणमा अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ७ कार्तिक २०७१ ०४:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App