२०६५ सालमा आचार्य समेतको संलग्नतामा ललितपुर जिल्ला छम्पी-५ स्थित रोवियस जी स्टार विल्डर्स एण्ड डेभलप्मेन्ट प्रालिको नाममा १४ तलाको दुईवटा भवन निर्माण गरी ३२४ वटा फ्ल्याट बनाउने र ती फ्ल्याटहरु बिक्री गर्ने भनी विज्ञापन प्रकाशित गरिएको थियो। विज्ञापनअनुसार ७६ जना सर्वसाधारणबाट ८ करोड २१ लाख रुपैयाँ उठाएपछि सम्झौताअनुसार भवन निर्माण नगरी नगरी ठगी गरी आचार्यको समूह फरार भएको थियो।
सो विरुद्ध भरतकृष्ण श्रेष्ठ सहितका व्यक्तिले काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेका थिए। २०७० पेस ११ गते काठमाडौं जिल्ला अदालतले आचार्यलाई ६ महिना कैद तथा ९७ लाख ५४ हजार ६ सय ४६ रुपैयाँ जरिवाना तोकेको थियो। यसैगरी सीता थापा तामाङको जेहरीमा सरकार वादी रहेको अर्को मुद्दामा ३ महिना कैद र पाँच लाख १४ हजार ४ सय ७२ रुपैयाँ जरिवाना ठहर गरेको थियो।
उल्लेखित कसूरमा संलग्न प्रतिबादी मध्येका संस्थापक तथा मेनेजिङ डाइरेक्टर सुमन श्रेष्ठ र कला पौडेललाई यस अघि नै सिआइबीले पक्राय गरिसकेको छ।
पक्राउ आचार्यलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
प्रकाशित: २८ जेष्ठ २०७१ ०५:०४ बुधबार





