७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

बक्सिङको सोलिडारिटी कोर्स

काठमाडौं– नेपाल बक्सिङ संघले प्रशिक्षकको क्षमता वृद्धि गर्ने उद्देश्यले ओलम्पिक सोलिडारिटी कोर्स सुरु गरेको छ। पाँचदिने कोर्समा देशका २२ बक्सिङ प्रशिक्षक सहभागी छन्।सोमबार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धु्रवबहादुर प्रधानले सोलिडारिटी कोर्सको उद्घाटन गरे। उनले कोर्सबाट बक्सिङमा नयाँ सम्भावना बोकेको खेलाडी उत्पादन गर्न सहयोग गर्ने बताए। 'बक्सिङ अन्तराष्ट्रिय स्पर्धामा पदक जित्ने धेरै सम्भावना बोकेको खेल हो। बक्सिङले एसियाली स्तरमा पाएको सफलताले त्यसलाई देखाउँछ। राम्रो खेलाडी उत्पादनमा प्रशिक्षकको भूमिका मुख्य हुन्छ। कोर्सबाट प्रशिक्षकले थप ज्ञान हासिल गरी बक्सिङको स्तर बढाउन सहयोग गर्ने आशा छ,' प्रधानले भने।
सातदोबाटोस्थित ओलम्पिक कमिटीको हलमा हुने कोर्सका सहभागीलाई श्रीलंकन इन्स्ट्रक्टर इन्द्र सेनाले प्रशिक्षण दिनेछन्। बक्सिङ संघका महासचिव दीपक गुरुङले कोर्सको परीक्षा उत्तीर्ण गर्नेे प्रशिक्षकलाई 'स्टार वान' प्रशिक्षकमा मानिने बताए। 
श्रीलंकन इन्स्ट्रक्टर सेनाले बक्सिङमा नेपालले राम्रो नतिजा निकालेको स्मरण गराउँदै सहभागीलाई बक्सिङको नयाँ विषयवस्तुबारे जानकारी गराउने बताए। उनले यस्ता कोर्सबाट भविष्यमा नेपालको बक्सिङ माथि उठाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २६ जेष्ठ २०७१ २०:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App