काठमाडौं– नक्कली खेलाडी बनाएर जापान पठाउँदै ठगी गरेको अभियोगमा कैद सजाय तोकिएका प्रमोद न्यौपाने पक्राउ परेका छन्। कराँते र नेपाल वादोकाई कराँते संघको नाममा नक्कली कागजपत्र बनाएर ठगी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले उनलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोके पनि उनी पक्राउ परेका थिएनन्। केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार उनले कराँते र नेपाल वादोकाई कराँते संघसँग असम्बन्धित व्यक्तिलाई कराँते खेलाडी बनाएर आकर्Èक रोजगारीका लागि वैदेशिक मुलकमा पठाउने प्रलोभन देखाई ठगी गरेका थिए।
शुभम पोलिक्लिनिक, नया“बानेश्वरका सञ्चालकसमेत रहेका उनीविरुद्ध राष्ट्रिय खेलकुद परिÈदले कानुनी कारबाही अगाडि बढाएको थियो। ठगी मुद्दाको अनुसन्धानका क्रममा २०६२ मा राष्ट्रिय खेलकुद परिÈदसँग असम्बन्धित न्यौपानेले राहदानी संकलन गरी शुभम पोलिक्लिनिकको ठेगाना राखेर भिसाका लागि जापानमा पत्राचार गरेको खुल्न आएको थियो। सोही अभियोगमा काठमाडौं जिल्ला अदालतले २०६४ वैशाख १७ मा झुटो विवरणको कागज तयार गरेर ठगी गरेको ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको थियो।
प्रकाशित: २४ जेष्ठ २०७१ २१:५३ शनिबार