६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

नेपाली राहदानी बङ्गलादेशमा बिक्री गर्ने पक्राउ

काठमाडौँ-नेपाली राहदानी बङ्गलादेशमा लगेर बिक्री गर्ने एक नेपाली गिरोहलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी आज सार्वजनिक गरेको छ।


ब्युरोले आज पत्रकार सम्मेलन गरी वैदेशिक रोजगारीमा संलग्न संस्थाको आडमा १४ थान नेपाली राहदानी बिक्री गर्ने खोटाङ दिक्तेलका ४७ वर्षीय कुमार पुरी र सङ्खुवासभाका ४३ वर्षीय पूर्णबहादुर मगरलाई पक्राउ गरेको तथा अर्का अभियुक्त देवीप्रसाद काफ्ले भने फरार रहेको जनाएको छ।

ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक उत्तमकुमार कार्कीले साउदी अरबस्थित एएल यामामा कम्पनीबाट केएल इम्प्लोइमेन्ट सर्भिसेस प्रालिको नाममा 'फ्रि भिसा' र 'फ्रि टिकट'मा १०० कामदार माग भई आएकामा वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिई २५ कामदारको राहदानी सङ्कलन गरी अभियुक्तले १४ थान बिक्री गरिसकेको अनुसन्धानबाट पत्ता लागेको बताए।

पच्चीस थान राहदानी बिक्रीका लागि बङ्गलादेश पुर्‍याइएको भए पनि १४ थानमात्र रु २९ लाख ५० हजारमा बिक्री गरिएको र अन्य भने फिर्ता ल्याइएको थियो।

विभिन्न खाडीमुलुकमा बङ्गलादेशी नागरिकलाई कामदारका रुपमा बन्देज लगाइएकाले उनीहरु नेपाली राहदानी प्रयोग गरी विदेशमा पुग्ने गरेको उनले बताए।

कार्कीले यदि विदेशमा नेपाली राहदानी प्रयोग गर्ने गैर नेपालीको मृत्यु भएमा सनाखत गर्नसमेत समस्या हुने गरेको बताउँदै राहदानी दुरुपयोग तथा बिक्रीसम्बन्धी मौजुदा राहदानी ऐन २०२४ ले व्यवस्था गरेअनुसार अपराधको परिभाषा र सजायलाई संशोधन गर्नुपर्ने औँल्याए।

यसैगरी ब्युरोले कोटेश्वर साइबाबा गल्लीस्थित चेतनारायण श्रेष्ठको घरमा आइतबार छापामारी सोही घरमा डेरा लिई बस्ने शिव श्रेष्ठको कोठाबाट अनधिकृत रुपमा टेलिफोन सेवाको प्रयोग(भिओआइपी) सञ्चालन गरिरहेका २३ वर्षीय श्रेष्ठ र ३२ वर्षीय दीपेशरत्न शाक्यलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। रासस

प्रकाशित: ५ जेष्ठ २०७१ ०४:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App