३ माघ २०८२ शनिबार
image/svg+xml
अन्य

मल्ल र निभा सम्मानित

काठमाडौं– अशेष मल्ल र विमल निभालाई ‘स्रष्टा चैत्र ३०' सम्मान प्रदान गरिएको छ। आइतबार राजधानीको शिल्पी थियटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले दुवैलाई सम्मान प्रदान गरे।२०६२–६३ साल जनआन्दोलनको सम्झनामा स्थापित ‘स्रष्टा चैत्र ३०' सम्मान मल्ल र निभाले साहित्यमा पुर्या एको योगदानको कदर गर्दै प्रदान गरिएको हो। 
स्रष्टा चैत्र ३० नामक समूहले गरेको कार्यक्रमको यो आठौं संस्करण हो। ‘साहित्य र कवितामार्फत् आन्दोलन गरेका साहित्यकार विमल निभाले समाजको विभिन्न क्रान्तिमा साथ दिएको देखिन्छ,' नारायण ढकालले भने। त्यस्तै विष्णुविभु घिमिरेले निरंकुश शासकको बेला सर्वनामले गरेको संघर्षबारे जानकारी गराएका थिए। 
कार्यक्रममा २०६२ साल चैत ३० मा विभिन्न स्रष्टालाई समातेर थुनेका ५० वटा फोटो प्रदर्शन गरिएको थियो। ‘दुई स्रष्टा स्वतन्त्रताको पक्षमा सुषुप्त रुपमा काम गरिरहेका छन्। उनीहरुले गरेको कामले समाजमा सकारात्मक योगदान गरेको छ ' पूर्व कुलपति काँइलाले भने। 
आयोजकका तर्फबाट घिमिरे युवराजले राजनीतिक मुद्दामा स्रष्टाले समेत सरोकार राख्नुपर्ने बताएका थिए।

प्रकाशित: ३० चैत्र २०७० २०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App