७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

पाँच लाखको पुरस्कार वानिरा गिरीलाई

काठमाडौं– त्रिमूर्ति निकेतनबाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन' जेठ १५–१७ गते काठमाडौंमा हुने भएको छ।
सम्मेलनमा नेपालका १४ अञ्चल र नेपालबाहिरका २० राष्ट्रका नारी स्रष्टाले कार्यपत्रमार्फत सहभागिता जनाउने छन्। सम्मेलनमा अफ्रिका, अमेरिका, अस्ट्रिया, अस्ट्रेलिया, इजरायल, ओमान, दक्षिण कोरिया, क्यानडा, चीन, ज्ार्मनी, जापान, नर्वे, पोर्चुगल, फ्रान्स, बहराइन, बेलायत, भारत, भियतनाम, म्यान्मा र स्विट्जरल्यान्डमा बस्ने नेपाली रहने छन्।
सम्मेलनकै अवसरमा वानिरा गिरीलाई पाँच लाख राशिको पुरस्कारसहित ...नेपाली साहित्यका विश्व नारी रत्न'को औपचारिक उपाधि प्रदान गरिने निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जनाए।
सम्मेलनमा सन्ध्या पहाडी र सुनीता कार्की संयोजक र सहसंयोजक रहेको केन्द्रीय स्वागत समिति गठन गरिएको छ। सो सम्मेलनका अवसरमा १४ पुस्तक प्रकाशन गरिने छन्।

प्रकाशित: २५ चैत्र २०७० ०४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App