उनका हजुरबुवा सन् १९२० देखि नै भारतीय स्वतन्त्रता संग्राममा लागेका थिए भने बुवा विजयबहादुर गिरी समाजवादी आन्दोलनका सहयोगी थिए। घरको राजनीतिक वातावरणबाट उनी प्रभावित भइन्।
२०४६ सालको आन्दोलनमा उनी नेपाली कांग्रेसको सदस्य थिइन्। तर, समाजलाई उनको सक्रियता निको लागेन। ‘लोग्नेले सबै थोक पुर्यातएकै छन्, किन राजनीति गर्नुपर्योय?' धेरैले यसो भन्थे।
‘पार्टी र मेरो विचार नमिलेपछि कांग्रेस छाडेर सदभावनामा लागेँ,' उनले भनिन्, ‘सांस्कृतिक विविधतालाई सद्भावना पार्टीले बुझ्लाजस्तो लाग्यो।' उनका इन्जिनियर पतिले निरन्तर साथ दिइरहे।
बाबुराम भट्टराईले नेतृत्व गरेको सरकारमा उनी श्रम तथा यातायात मन्त्री बनिन्। मन्त्रीको चार महिने अनुभव उनका लागि निकै रोचक बन्यो। ‘पहिले पार्टी खराब लाग्थ्यो। संसदमा पुगेपछि यो पनि खराब रहेछ भन्ने थाहा पाएँ,' उनी भन्छिन्।
सडकमा जनताको नाम लिएर आन्दोलन गर्नेहरु संसदमा पुगेपछि कर्मचारी, व्यापारी र उद्योगी समूहको चाकरीमा लागेको उनले देखिन्।
राजनीतिमा लाग्दा समाजलाई नजिकबाट बुझिने उनी बताउँछिन्। ‘अधिकार र सम्मानपूर्वक बाँच्न राजनीतिमा आउनैपर्छ,' उनी भन्छिन्। अहिले उनी साहित्य र दर्शनको अध्ययनमा व्यस्त छिन्। अर्को वर्ष राजनीतिशास्त्रमा एमए पढ्ने उनको योजना छ।
प्रकाशित: २४ फाल्गुन २०७० ०३:२९ शनिबार





