६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

लगातार तीनपटक सभापति

सक्रिय राजनीति गर्ने उनले कहिल्यै सोचेकी थिइनन्। तर, वियोगको संयोगले उनलाई नेपाली कांग्रेसको जिल्ला सभापति बनाइदियो। उनी हुन्– नेपाली कांग्रेसकी पहिलो महिला सभापति सीतादेवी यादव (५८)।नेपाली कांग्रेस सिरहाका योद्धा चन्द्रनारायण यादवको २०५७ असार ५ गते हत्या भयो। उनी जिल्ला विकास समितिको सभापति बनेका थिए। त्यतिखेर पत्नी सीता क्रियाशील सदस्य थिइन्। चन्द्रनारायण हत्याको चार महिनापछि भएको पार्टीको जिल्ला अधिवेशनले सीतालाई सभापति चयन गर्योक। पति गुमाएको शोकसँगै उनलाई पार्टी चलाउने जिम्मेवारी थपियो।
पहिलो महिला जिल्ला सभापतिको ‘पदवी’ उनले लगातार तीनपटक सुरक्षित गरिन्। सिँचाइको व्यवस्था नहुँदा किसानले भोग्नुपरेको पीडा र घरेलु हिंसाको सिकार भएका ग्रामीण महिलाको समस्या हटाउने प्रयास गरिन्। 
उनले २०६२/०६३ को जनआन्दोनमा सक्रिय भूमिका निर्वाह गरिन्। जिल्लामा आन्दोलनको वेग बढाएर काठमाडौं हुइँकिइन्। गिरिजाप्रसाद कोइरालासँगै सडकमा निस्किइन्। ‘सीताजी तपाइँ सडकमा नजानुस्, कोठामै बस्नुस्,’ कोइरालाले सम्झाउँदै भनेको क्षण अहिले पनि उनको दिमागमा ताजै छ। तर, उनी सधैं कोइरालासँगै सडकमा उत्रिइन्।
राजनीतिसँगै समाजसेवामा सक्रिय सीतादेवीले २०५८ सालमा श्रीमान चन्द्रनारायण यादवको स्मृतिमा चन्द्रनारायण मेमोरियल ट्रस्ट स्थापना गरेर समाजिक कार्य गर्दै आएकी छन्। ट्रस्टमार्फत उनले चन्द्रनारायण यादव मेमोरियल मेटरनिटी अस्पताल स्थापना गरेकी छन्।

प्रकाशित: २४ फाल्गुन २०७० ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App