१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
बजार

चितवनमा महिन्द्राको ‘इलेक्ट्रिक ओरिजिन एसयुभि’हरू ‘बिई-६’ र ‘एक्सइभी ९-ई’ भव्यताका साथ सार्वजनिक

नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको नयाँ तथा सर्टिफाइड प्रि-औन्ड गाडीहरूको खरिदविक्री एवम् एक्सचेन्ज तथामहिन्द्रा पिक-अप, ट्रयाक्टर,  एसयुभी रआरभीको आधिकारिक बिक्रेता कम्पनि अग्नि ग्रुपअन्तर्गत अग्नि आस्था प्राइभेट लिमिटेडले नेपालको क्षेत्रीय बजारको लागि अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभिहरू – बिई-६ (BE 6) र एक्सइभी ९-ई (XEV 9e) सार्वजनिक गरेको छ ।

भरतपुर, चितवनमा अवस्थित होटल सिराइचुलीमा भव्य सार्वजनिकिकरण समारोहसहित यी नयाँ विद्युतीय एसयुभिहरू सार्वजनिक गरिएका हुन् । समारोहमा विशेष अतिथिका रूपमा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष श्री चिरञ्जीवी सुवेदी, अग्नि ग्रुपका अध्यक्ष श्री क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्रि म्यानेजर श्री चैतन्य कगलकर, ग्राहकवर्ग तथा कम्पनिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले नेपाल तथा देशको क्षेत्रीय स्तरमा इलेक्ट्रिक मोबिलिटिको लागि कम्पनिको भिजन प्रस्तुत गरेका थिए । त्यसैगरी महिन्द्रा एन्ड महिन्द्राका कन्ट्रि म्यानेजर चैतन्य कगलकरले ‘बर्न इलेक्ट्रिक भिहेकल (BEV)’ प्रविधि तथा महिन्द्राको ग्लोबल इ-भि रोडम्याप प्रस्तुत गरे । 

यी गाडीहरू महिन्द्राको अत्याधुनिक इङ्ग्लो (INGLO) प्लेटफर्ममा आधारित छन् भने संसारकै सबैभन्दा इन्टेलिजेन्ट अटोमोटिभ आर्किटेक्चर MAIA (माया) बाट सञ्चालित छन् । यी अत्याधुनिक इ-एसयुभिहरूको सार्वजनिकिकरणले विद्युतीय सवारीको क्षेत्रमा नेपालको क्षेत्रीय स्तरमा नयाँ यात्राको सुरुवात गरेको छ ।

महिन्द्रा BE 6 र XEV 9e लाई सन् २०२५ को अगस्टमा आयोजित नाइमा नेपाल मोबिलिटि एक्सपो (NAIMA Nepal Mobility Expo) मार्फत पहिलोपटक नेपाली बजारमा सार्वजनिक गरिएको थियो । त्यसयता यी गाडीहरूले नेपाली उपभोक्ताहरूको मन जित्दै आएका छन् र एक्स्पोमा सिर्जना भएको उत्साहलाई थप बल दिएका छन् । निरन्तर अघि बढ्दै गइरहेको नेपाली बजारले पर्फमेन्स, इन्टिलिजेन्ट, डिजाइन र दिगोपनालाई एकै साथ समेटेका यी बर्न इलेक्ट्रिक भिहेकल्स (Born Electric Vehicles) लाई सकारात्मक रूपमा लिएको छ ।त्यसैगरी हालसालै, Mahindra XEV 9e ले Indian Car of the Year (ICOTY) 2026 अन्तर्गत Green Car of the Year 2026 अवार्ड प्राप्त गरेको छ जुन यसको अत्याधुनिक विद्युतीय प्रविधि, दिगो डिजाइन र उत्कृष्ट प्रदर्शनको प्रमाण हो ।

यी नयाँ गाडीहरूले नेपाली ग्राहकमाझ पाएको सकारात्मक प्रतिक्रिया तथा बढ्दो मागलाई ध्यानमा राख्दै अग्नि ग्रुपले महिन्द्राको ‘बर्न इलेक्ट्रिक’ लाइनअपलाई नेपालका विभिन्न क्षेत्रहरूमा विस्तार गर्ने योजना बनाएको छ । फलस्वरूप देशभरका प्रमुख सहरी केन्द्रहरूमा उपत्यका बाहिरका ग्राहकहरूले पनि विश्वस्तरीय विद्युतीय एसयुभिको अनुभव लिन सक्नेछन् । चितवनमा भएको यो क्षेत्रीय शुभारम्भ सोही दृष्टिकोणको एक महत्वपूर्ण कदम हो भने छिटै नै विरगञ्ज, भैरहवा, इटहरी लगायतका सहरहरूमा पनि सार्वजनिक गरिने योजना रहेको छ ।

प्रकाशित: ६ माघ २०८२ १९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App