१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

भोटेकोशी बाढीको कहर : १५७ शव फेला, ४१ घाइते उपचाररत

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बुधबार राति ११:०५ बजेसम्म नेपाल प्रहरीले उपलब्ध गराएको जानकारी अनुसार बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि तीन हजार ३१८ प्रहरी परिचालन गरिएको छ। ४१ जना घाइते विभिन्न अस्पतालमा उपचाररत छन्। टिमुरे, रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती हाकुमा कार्यरत प्रहरीमध्ये केही सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन्।

घाइतेको त्रिवि शिक्षण अस्पताल, ट्रमा सेन्टर, वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, ग्रान्ड सिटी, नर्भिक र त्रिशूली अस्पताललगायतमा उपचार भइरहेको छ।

रसुवा जिल्ला आएको बाढी अपडेट मितिः २०८३/०५/१० गते २३:०५ बजेसम्म

यसैबिच, नेपाली सेनाले पनि भोटेकोशी बाढी प्रभावित क्षेत्रमा आज रातभर पनि खोज तथा उद्धार जारी राख्ने जनाएको छ। प्रभावितको संख्या धेरै भएकाले उद्धारलाई रातभर निरन्तरता दिने सेनाले बताएको छ।

सेनाका अनुसार रातभर ११ वटा एक्स टिमले जमिनबाट उद्धार गर्नेछन्। भोलि बिहान टिमुरेमाथि ठुलो संख्यामा रहेका प्रभावितको हवाई उद्धार गरिनेछ। विभिन्न टनेलमा अड्किएका व्यक्तिको उद्धारको प्रयास पनि जारी रहनेछ।

सेनाले हवाई साधनको प्रभावकारी परिचालन, राहत सामग्री वितरण तथा थप फौज परिचालन गरी खोज तथा उद्धारलाई तीव्र बनाउने जनाएको छ। अन्य सुरक्षा निकाय, सरोकारवाला संस्था र स्थानीयसँग समन्वय गरेर प्रभावितको उद्धार तथा राहत वितरणलाई निरन्तरता दिइने सेनाले बताएको छ।

प्रकाशित: १० भाद्र २०८३ २३:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App