पहिलो महिला जिल्ला सभापतिको ‘पदवी’ उनले लगातार तीनपटक सुरक्षित गरिन्। सिँचाइको व्यवस्था नहुँदा किसानले भोग्नुपरेको पीडा र घरेलु हिंसाको सिकार भएका ग्रामीण महिलाको समस्या हटाउने प्रयास गरिन्।
उनले २०६२/०६३ को जनआन्दोनमा सक्रिय भूमिका निर्वाह गरिन्। जिल्लामा आन्दोलनको वेग बढाएर काठमाडौं हुइँकिइन्। गिरिजाप्रसाद कोइरालासँगै सडकमा निस्किइन्। ‘सीताजी तपाइँ सडकमा नजानुस्, कोठामै बस्नुस्,’ कोइरालाले सम्झाउँदै भनेको क्षण अहिले पनि उनको दिमागमा ताजै छ। तर, उनी सधैं कोइरालासँगै सडकमा उत्रिइन्।
राजनीतिसँगै समाजसेवामा सक्रिय सीतादेवीले २०५८ सालमा श्रीमान चन्द्रनारायण यादवको स्मृतिमा चन्द्रनारायण मेमोरियल ट्रस्ट स्थापना गरेर समाजिक कार्य गर्दै आएकी छन्। ट्रस्टमार्फत उनले चन्द्रनारायण यादव मेमोरियल मेटरनिटी अस्पताल स्थापना गरेकी छन्।
प्रकाशित: २४ फाल्गुन २०७० ०३:२६ शनिबार





