अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर अर्याल २०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चामा संलग्न भइन् र त्यहीबेला तत्कालीन नेकपा मालेमा प्रवेश गरिन्। २०४८, २०५१ र २०५६ मा पर्सा ४ बाट एमाले उम्मेदवार बनेकी उनी २०५६ को चुनावमा मात्र विजयी भइन्। २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री र २०६८ सालमा स्थानीय विकासमन्त्री बनिन्।
२०७० जेठ ४ मा एमाले परित्याग गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी उनी अहिले एमाओवादीको केन्द्रीय सदस्य छिन्। पछिल्लो संविधानसभा निर्वाचनमा पराजित अर्यालले चुनाव हारे पनि राजनीतिमा आफ्नो भूमिका कम नहुने सुनाइन्। ‘महिला मुक्तिका लागि नयाँ ढंगले सोच्ने बेला आएको छ,' उनले भनिन्, ‘कुरा गरेर मात्र हैन, महिलालाई आत्मनिर्भर बनाउने विभिन्न योजना ल्याउनु जरुरी छ।'
नेकपा एमालेले कुर्सीका लागि मात्र राजनीति गरेका कारण पार्टी छाड्नुपर्ने बाध्यता आएको सुनाउँदै उनी भन्छिन्, ‘त्यसैले मुक्तिका लागि पार्टी परिवर्तन गर्नुपर्योक।' पछिल्लो चुनावमा जनतालाई समय दिन नपाएकाले हारेको दाबी गर्ने उनी अब जनतासँगै बसेर काम गर्ने बताउँछिन्।
प्रकाशित: २४ फाल्गुन २०७० ०३:०१ शनिबार





