७ माघ २०८२ बुधबार
image/svg+xml
अन्य

नयाँ ढंगले सोचौं

पर्सा मासियानीमा २०१३ सालमा जन्मिएकी उर्मिला अर्यालको राजनीतिक यात्रा चार दशकभन्दा लामो छ। २०२८ सालमा नेकपा चौम (चौथो महाधिवेशन) मा प्रवेश गरेसँगै राजनीतिमा होमिएकी उनी २०३५ सालमा चौमकै पर्सा जिल्ला सदस्य बनिन्। ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु उपसभापति रहेकी उनलाई २०३६ सालको विद्यार्थी आन्दोलनले झनै खार्यो।र, २०३८ सालमा नेकपा चौमअन्तर्गत अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष बनिन्। 
अर्थशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर अर्याल २०४६ सालको जनआन्दोलनमा संयुक्त वाममोर्चामा संलग्न भइन् र त्यहीबेला तत्कालीन नेकपा मालेमा प्रवेश गरिन्। २०४८, २०५१ र २०५६ मा पर्सा ४ बाट एमाले उम्मेदवार बनेकी उनी २०५६ को चुनावमा मात्र विजयी भइन्। २०६३ सालमा महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री र २०६८ सालमा स्थानीय विकासमन्त्री बनिन्। 
२०७० जेठ ४ मा एमाले परित्याग गरी एकीकृत नेकपा माओवादीमा प्रवेश गरेकी उनी अहिले एमाओवादीको केन्द्रीय सदस्य छिन्। पछिल्लो संविधानसभा निर्वाचनमा पराजित अर्यालले चुनाव हारे पनि राजनीतिमा आफ्नो भूमिका कम नहुने सुनाइन्। ‘महिला मुक्तिका लागि नयाँ ढंगले सोच्ने बेला आएको छ,' उनले भनिन्, ‘कुरा गरेर मात्र हैन, महिलालाई आत्मनिर्भर बनाउने विभिन्न योजना ल्याउनु जरुरी छ।'
नेकपा एमालेले कुर्सीका लागि मात्र राजनीति गरेका कारण पार्टी छाड्नुपर्ने बाध्यता आएको सुनाउँदै उनी भन्छिन्, ‘त्यसैले मुक्तिका लागि पार्टी परिवर्तन गर्नुपर्योक।' पछिल्लो चुनावमा जनतालाई समय दिन नपाएकाले हारेको दाबी गर्ने उनी अब जनतासँगै बसेर काम गर्ने बताउँछिन्।

प्रकाशित: २४ फाल्गुन २०७० ०३:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App