६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

फेवामा जयन्तप्रकाश च्याम्पियन

पोखरा - फेवातालमा सोमबार आयोजित पाँचौं खुला पौडी प्रतियोगिताको उपाधि काठमाडौंका जयन्तप्रकाश गुरुङले जितेका छन् । उनले दुई किलोमिटर दूरी २१ मिनेट १५ सेकेन्डमा पूरा गरेका थिए। जयन्तले १० हजार रुपैयाँ पुरस्कार पाए।प्रतियोगितामा देवेश मानन्धर द्वितीय र चित्र पौडेल तृतीय भए। उनीहरूले क्रमशः ७ र ५ हजार पुरस्कार पाए। त्यस्तै महिलातर्फ काठमाडौंकी शिला गुरुङ, लिटिल एन्जल्सकी इभा काफ्ले र सेनाकी यामकुमारी घले क्रमशः प्रथम, द्वितीय र तृतीय भए। उनीहरूले ५, ३ र २ हजार पुरस्कार पाए। शिलाले २४ मिनेट २० सेकेन्डमा दूरी पार गरिन् ।
स्थानीय खेलाडीतर्फ धनमान गुरुङ विजेता बने। अर्जुन नेपाली द्वितीय र अमृत अधिकारी तृतीय भए। उनीहरूले क्रमशः ५, ३ र २ हजार रुपैयाँ पुरस्कार पाए। प्रतिस्पर्धामा ४४ जना सहभागी थिए। त्यसमा ११ महिला थिए। स्थानीयबीचको प्रतिस्पर्धामा ३ महिलासहित १४ प्रतिस्पर्धी थिए। 
प्रतियोगिता नेपाल पौडी संघको समन्वयमा जिल्ला खेलकुद विकास समिति कास्कीले आयोजना गरेको हो।

प्रकाशित: २१ आश्विन २०७० २१:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App