१५ कार्तिक २०७७ शनिबार
अन्य

सपनाको विद्यालय

कथा

सिम्रिका बस्नेत

सिम्रिका बस्नेत

कक्षा: ९, सेन्ट जेभिएर स्कुल, ललितपुर  

खहरे चोक पुगेपछि बस रोकियो। आमाले हेमाको हात समाइन् र बाहिरिने ढोकातिर लगिन्। हेमा हत्पती बस चढ्न पाउँदिनन्। बल्लबल्ल हातमा समाउन पाएको पैसा छोड्नै मन लागेन उनलाई।  

पैसाले भरिएको बाकस देखाउँदै उनले सोधिन्, ‘त्यो सप्पै पैसा तपाईंको हो?’

बसका कण्डक्टरले भने, ‘होइन नि, तिमी कता जान लागेकी?’  

हेमाले भनिन्, ‘म नयाँ विद्यालयमा जान लागेकी। मलाई अलि हतार छ ल।’  

आमाको हात समाएर टुकुटुकु हिंड्दाहिँड्दै उनको मनमा एउटा काइदाको विचार आयो। आमाको अनुहार हेर्दै ठूलो स्वरले उनले भनिन्, ‘आमा ! म पनि, पैसा समात्ने व्यक्ति बन्छु है।’  

आमा भने छोरीलाई यस स्कुलले भर्ना लिन्छ कि लिँदैन भन्ने विषयले पिरिएकी थिइन। उनी पिरिनुको कारण थियो, त्यो के भने अघिल्लो स्कुलमा जान थालेको केही दिनमै हेमालाई स्कूलबाट निकालिदिए। पहिलो कक्षामै कुनै बच्चालाई निकालिन्छ र ? उनलाई त निकालि नै दिए।  

‘स्कुलमा कस्तो मजा छ।’, उनले भनेकी थिइन्, ‘यहाँ मेरो डेस्कमा घर्रा मात्र छ, तान्नु पर्ने। स्कुलमा त कस्तो बाकस जस्तो डेस्क, माथिबाटै खोल्न र लगाउन मिल्ने। जे पनि भित्र राख्न हुन्छ। एकदम राम्रो छ।’  

हप्ता दिन अघिको मात्र कुरा हो, स्कूलकी क्लास टिचरले हेमाकी आमालाई बोलाएकी। दायाँबायाँ कुरा नगरी ती सिधै कामको कुरामा पसिन्, ‘तपाईंकी छोरीले मेरो सिंगै क्लासलाई डिस्टर्ब गर्छे। उसलाई अर्को स्कूलमा भर्ना गरिदिनुस्।’  

चिटिक्क परेकी शिक्षिकाले खुइ्य सास फेरिन्, ‘अब त म खप्नै सक्दिनँ।’  

आमा छक्क परिन्। के गरी होली त हेमाले पूरै क्लासलाई नै डिस्टर्ब गर्ने गरी?

अलिअलि नर्भस भएकी शिक्षिका छोटो पारेर काटेको कपाल सम्याउँदै वृतान्त सुनाउन थालिन्।  

‘ऊ आफ्नो डेस्कलाई सय चोटि खोल्छे र बन्द गर्छे। केटाकेटीलाई भनेकी थिएँ कि केही झिक्नुपर्ने पनि छैन, राख्नपर्ने छैन भने डेस्क कसैले पनि नखोल्नू है भनेर। तर तपाईंकी छोरी जतिखेर पनि कि त केही निकालिरहेकी हुन्छे, कि भने केही हालिरहेकी हुन्छे। डेस्कमा भएभरको जेजे छ त्यो सबै निकाल्दै, हाल्दै, निकाल्दै, हाल्दै  गर्छे। भनौ न, क्लासमा मैले ल अब अक्षर लेखौं भनें भने हेमा डेस्क खोल्छे, कापी निकाल्छे। अनि डेस्कको घोप्टेलाई ब्वाङ आवाज आउने गरी छोड़छे। अनि फेरि खोल्छे, टाउको छिराउँछे, सिसाकलम निकाल्छे, फेरि बन्द गर्छे। अनि एउटा ब लेख्छे। लेखेको राम्रो भएन वा गलत भयो भने तुरुन्तै फेरी डेस्क खोल्छे, इरेजर निकाल्छे। फेरी बन्द गर्छे, अनि अक्षर मेटिसकेपछि इरेजर राख्न डेस्क खोल्छे। यो सब बिजुली चम्के जस्तै छिटोछिटो हुन्छ। अनि फेरी एउटा ब लेखेपछि हरेक कुरालाई पालैपालो राख्छे। सिसाकलम राख्यो, बन्द ग¥यो। फेरी खोल्यो, कापी राख्यो, अनि फेरी बन्द ग¥यो। फेरी अर्को अक्षर लेख्न प¥यो भने ठ्याक्कै त्यस्तै गरेर एकथोक झिक्यो, बन्द ग¥यो।’

शिक्षिका भन्दै गइन्, आमा सुन्दै गइन्।  

‘हरे ! मेरो त टाउको नै फन्फनी घुम्छ। फेरी मैले उसलाई गाली गर्न पनि मिलेन। केही निकाल्नु प¥र्यो वा राख्नु पर्यो भने मात्र खोल्ने हो भनेर मैले नै भनेकी हुँ। उसले डेस्क खोल्दा वा बन्द गर्दा कि त केही निकालेकै हुन्छ, कि राखेकै हुन्छे। विना कारण गरेको भन्न पनि मिलेन।’  

शिक्षिकाका मनमा ती दृश्य खेलेकाले होला उनका आँखाका परेला छिटछिटो झमझम गरिरहेका थिए।

आमाले करो बुझिन्, त्यो डेस्क खोल्ने र बन्द गर्ने खेल हेमालाई किन त्यतिविघ्न मन परेको भन्ने कुरा। उनले सम्झिइन्, ‘स्कूल गएको पहिलो दिन घर फर्कंदा ऊ कत्ति दंग थिइन्।  

‘स्कुलमा कस्तो मजा छ।’, उनले भनेकी थिइन्, ‘यहाँ मेरो डेस्कमा घर्रा मात्र छ, तान्नु पर्ने। स्कुलमा त कस्तो बाकस जस्तो डेस्क, माथिबाटै खोल्न र लगाउन मिल्ने। जे पनि भित्र राख्न हुन्छ। एकदम राम्रो छ।’  

आमाले शिक्षिकासँग भनिन्, ‘ठिक छ म हेमासँग कुरा गर्छु नि त।’  

शिक्षिकाको रिसको पारो बढ्दै थियो। उनको अनुहार रातो रातो भएको थियो।  

‘यति मात्र भए त म सहन्थे नि’, ती कड्किइन्, ‘डेस्क बजाइराख्ने मात्र हो र ऊ त उभिएको उभियै गर्छे। क्लास चलुन्जेल।’  

अचम्म मान्दै आमाले सोधिन्, ‘कहाँ?’  

ठुस्स परेर शिक्षिकाले भनिन्, ‘झ्यालमा।’  

झन् छक्क पर्दै आमाले सोधिन्, ‘किन उभिन्छे त झ्यालमा।’  

हेमाका निम्ति रमाइलो र शिक्षिकाका निम्ति ठूलै टाउको दुखाइको कुरा भइदिन्थ्यो कक्षा कोठाको भुइँतला। कोठाका झ्यालजति सबै सडकतिर फर्केका छन्।  बीचमा फूलको होचो झ्याङ मात्र थियो। सडकमा हिंडिरहेका मानिससँग कक्षाकोठाबाट कुरा गर्न मज्जाले मिल्ने।  

‘गाइनेहरूलाई निम्त्याउन’, शिक्षिका चिच्याइन्। बल्ल डेस्क चलाउन छाडिन्, अब त चुपचाप उभिरहन्छिन् होला भनेर ढुक्क हुन नपाउँदै सडकमा गायक देखा पर्दा रहेछन्। तिनलाई देख्ने बित्तिकै हेमा चमक्क चम्किएर बोलाउँछिन्।  

हेमाका निम्ति रमाइलो र शिक्षिकाका निम्ति ठूलै टाउको दुखाइको कुरा भइदिन्थ्यो कक्षा कोठाको भुइँतला। कोठाका झ्यालजति सबै सडकतिर फर्केका छन्।  बीचमा फूलको होचो झ्याङ मात्र थियो। सडकमा हिंडिरहेका मानिससँग कक्षाकोठाबाट कुरा गर्न मज्जाले मिल्ने।  

हेमाले बोलाउनेबित्तिकै ती कलाकार झ्याल अगाडि आइपुग्थे। अनि हेमा कराउँदै क्लासभरिका सबलाई खबर गर्थी, ‘आए! आए!’  

अनि त के चाहियो, क्लासभरिका बच्चा सोहोरिएर झ्यालछेउमा पुग्थे र ती गवैयाहरूसँग कुरा गर्थे।  

‘बाजा बजाउनुस् न बाजा !, हेमा आग्रह गर्थी।

सामान्यतः स्कूल छेउबाट चुपचाप जाने गरेका ती कलाकार यसरी निम्तो पाएपछि भएभरका गाउँथे र बजाउँथे। बिचरी शिक्षिकाका निम्ति त्यो हल्लाखल्ला सिद्धियोस् भनेर पर्खनु बाहेक अरू उपाय हुँदैनथ्यो।  

संगीत सकिएपछि कलाकारहरू हिंड्थे। अरू बच्चा पनि आआफ्नो सिटमा गएर बस्थे। हेमा भने त्यहीं उभिइरहन्थी।

‘तिमी चाहिं किन अझै झयालमा नि!’ भनेर शिक्षिकाले सोध्दा एकदम गम्भीर भएर हेमा जवाफ फर्काउँथी, ‘फेरी अर्को टोली आउँछ नि त। अनि हामीले थाहै नपाई उनीहरू गए भने नमज्जा हुँदैन त। भन्नुस् त, कस्तो गन्जागोल हुन्छ होला कक्षा।’

आमाको मनमा ती शिक्षिकाप्रति सहानुभूति जाग्न थालिसकेका थियो। आमालाई आफ्नो छोरी त्यस विद्यालयबाट ननिकाली नहुने भन्ने कुरा थाहा भैसकेको थियो।

एउटा यस्तो स्कुल जहाँ मानिसले आफ्नी फुच्चिलाई बुझी देलान् भन्ने उनले खोजी गरिन्। निकै खोजीनीति गरेपछि मात्र एउटा स्कुल फेला प¥यो। पुरानो स्कुलबाट निकालिएको कुरा आमाले हेमालाई भनेकि थिइनन्। यसबाट उनमा मनोबैज्ञानिक असर नपुगोस् भन्ने उनी चाहन्थिन्।  

नयाँ स्कुलको मुल ढोका देख्नेबित्तिकै हेमा रोकिइन्। उनको पुरानो स्कूलको मूल ढोकाका पक्की खम्बामा ठूल्ठूला अक्षरले स्कुलको नाम लेखिएको थियो। तर यो नयाँ स्कूलको मूल ढोकामा भने खाँबा जस्ता मात्रै थिए। अनि ती खाँबाबाट पात पलाइरहेका थिए।

‘ए, यो ढोका त आफैं बढ्दै पनि रहेछ’, हेमाले भनिन्, ‘टेलिफोनको खम्बाभन्दा अग्लो नहुन्जेल बढिरहन्छ होला, हगि?’  

मूल ढोकाका ती दुई खम्बा जरा र हाँगासहितका जिउँदा रूख थिए। जब उनी ढोका नजिकै पुगिन्, स्कूलको नाम हेर्न उनले मुन्टो बटार्नुप¥यो। बतासले स्कूलको साइनबोर्डलाई एकातिर ढल्काइदिएको थियो।

हेमाले एउटा अचम्मको दृश्य देखिन्। कहीं सपना पो देखिरहेकी छु कि जस्तो लाग्यो। उनी टक्रक्क बसिन् र राम्ररी चियाएर हेरिन्। उनले आफ्ना आँखालाई विश्वासै गर्न सकिनन्।  

‘आमा ! आमा ! त्यो साँच्चैको बस हो र? हेर्नु त’, उनले औंलाले देखाइन्।  

स्कुलले कक्षा कोठाका रूपमा बसका ६ वटा डिब्बालाई प्रयोग गरेको थियो। हेमाका निम्ति त, यो मात्र देख्ने कुरा जस्तो भयो।

उनीहरू भित्र पस्नेवित्तिकै अफिसभित्र बसिरहेका एक जना मानिस कुर्सीबाट उठे। हेमाले हत्तनपत्त निहुरेर अभिवादन गरिन्। र खुशीले दंग पर्दै भनिन्, ‘ए, कस्तो राम्रो। हजूरसित एउटा कुरा भन्नु छ। मलाई यो स्कूलमा पढ्न मन लाग्यो।’  

नयाँ स्कुलको मूल ढोकाका ती दुई खम्बा जरा र हाँगासहितका जिउँदा रूख थिए। जब उनी ढोका नजिकै पुगिन्, स्कुलको नाम हेर्न उनले मुन्टो बटार्नुप-यो। बतासले स्कूलको साइनबोर्डलाई एकातिर ढल्काइदिएको थियो।

हेडमास्टरले उनलाई एउटा कुर्सी देखाए अनि आमातिर फर्केर भने, ‘अब तपाईं घर गए हुन्छ। हेमासँग म कुरा गर्छु।’

हेमालाई एकै छिन अलिकति अप्ठेरो लाग्यो। तुरुन्तै उनलाई लाग्यो कि यो मानिससँग आफ्नो कुरा मिल्छ।  

‘हस् यसलाई तपाईंकै जिम्मा छोडेर जान्छु म’, मन दह्रो बनाउँदै आमाले भनिन्, र ढोका ढप्काएर बाहिर निस्किइन्।  

हेडमास्टरले एउटा कुर्सी ताने र हेमाको सामुन्नेमा बसे। राम्ररी बसिसके पछि उनले भने, ‘ल आफ्नो बारेमा मलाई भन त। तिमीलाई जेजे विषयमा कुरा गर्न मन लाग्छ, गर।’  

‘जे मन लाग्छ, त्यो भन्ने रे’, हेमा छक्क परिन्। उनलाई त हेडमास्टरले पो के के सोध्लान र आफूले जवाफ दिनुपर्ने होला भन्ने लागेको थियो। जे मन पर्छ त्यही कुरा गर्ने भन्ने बित्तिकै उनी यति दंग परिन् कि गफ दिन थालिन्। सिङ न पुच्छरका जस्ता लाग्ने भए पनि आफूले सके जति, जाने जति सबै कुरा भन्न भ्याइन्।  

अर्को स्कूलमा उनकी क्लास टिचर कति राम्री थिइन् भनेर सुनाइन्। अनि गौंथलीको गुँडका बारेमा पनि बताइन्। हेडमास्टरलाई आफ्नो कुकुर र उसले देखाउने खेलाहरूका बारेमा पनि सुनाउन भ्याइन्।  

उनी किन्डरगार्टेनमा हुँदा मुखभित्र कैंची छिराएर किचिर किचिर गरेको, अनि शिक्षिकाले ‘जिब्रो काट्छ, त्यसो गर्नुहुन्नु’ भनेर सम्झाएको कुरा पनि सुनाइन्।  सिंगान आयो भने आमाले गाली गर्ने भएकाले आफूले जति वेला पनि सिँसिँ गर्ने गरेको पनि सुनाइन्। बाबाले बेलुकाबेलुका घुमाउन लाने ठाउँहरूका बारेमा पनि सुनाउन भ्याइन्।  

हेडमास्टर चाहिं मुण्टो हल्लाउँथे, हाँस्थे र ‘अनि त्यस पछि नि’ भनेर सोध्थे। उनले यति धेरै कुरा सुनाइन् कि आखिरमा भन्नलाई केही बाँकी नै रहेन। उनी चुप लागिन्। अब के भन्ने होलाु भनेर सोच्न थालिन्।  

‘मलाई सुनाउने कुरा अब केही बाँकी छैन त तिमीसँग?’, हेडमास्टरले सोधे।  

अचानक उनलाई एउटा उपाय आयो। आफूले लगाइरहेको लुगाको बारेमा नै बताउन मन लाग्यो। त्यसपछि चाहिँ जति बल गरे पनि थप कुरा पाइनन्।  

‘जे मन लाग्छ, त्यो भन्ने रे’, हेमा छक्क परिन्। उनलाई त हेडमास्टरले पो के के सोध्लान र आफूले जवाफ दिनुपर्ने होला भन्ने लागेको थियो। जे मन पर्छ त्यही कुरा गर्ने भन्ने बित्तिकै उनी यति दंग परिन् कि गफ दिन थालिन्।

हेमालाई नमज्जा लाग्यो। तर त्यत्ति नै खेर हेडमास्टर उठे। आफ्नो ठूलो, न्यानो हात उसको टाउकामा राखे र भने, ‘ल, अब तिमी यो स्कूलकी विद्यार्थी भयौ।’

त्यस क्षणमा हेमालाई लाग्यो, आफ्नो जीवनमा पहिलोपल्ट आफूलाई साँच्चै मन पर्ने मानिस भेटियो। यस अगाडि कसैले पनि यति लामो समयसम्म उनका कुरा सुनिदिएको थिएन। आश्चर्यको कुरा त के भयो भने हेडमास्टरले उनका कुरा लगातार चार घण्टा सुनिदिए।  

उनले हेमालाई विद्यालयमा घुमाए। त्यहाँका विद्यार्थीसँग भेटघाट गराए। कक्षाकोठा देखाए अनि ३ बजेतिर हेमाकी आमा लिन आइपुगिन्।  

घर फर्कने क्रममा आमालाई सबै बेलीबिस्तार लगाइन्। त्यस दिन हेमा चाँडै सुतिन्। आखिर उनलाई भोलीपल्ट छिट्टै उठेर नयाँ स्कूल जानु थियो।

बिहान कक्षाकोठामा गएपछि उनी झ्याल छेउको सिटमा बसिन्। केही बेरमै एकएक गर्दै नौ जना विद्यार्थी आए। उनको पहिलो विद्यालयमा त एउटा कक्षामा पचास जना थिए। यहाँ किन थोरै भन्ने लाग्यो।  

खेलकुदमा जित्नेहरूले उपहारमा  सागसब्जी पाउँथे। हेडमास्टरले विद्यार्थीलाई सारै सकारात्मक बनाएका थिए। त्यसैले होला, बच्चाहरू सब्जी उपहार पाउँदा ‘आफूले कमाएको पो हो त’ भन्दै गर्वका साथ घरमा लैजान्थे।  

उनी चुप लागेर बसिन्। कक्षामा शिक्षिका आइन् र सबैलाई हरेक विषयको कार्य पाना दिइन्। उनलाई यो देखेर झनै अचम्म लाग्यो।  

‘पहिलाको विद्यालयमा शिक्षिकाले बोर्डमा लेख्दै, सार्न लगाउनुहुन्थ्यो यहाँ चाहिँ के  गरेको होला ?’

बुझ्दै जाँदा त विद्यार्थीलाई जुन विषय मनपथ्र्यो, उनीहरू त्यो काम पहिला गर्थे। पढाइको यो तरिकाले गर्दा शिक्षकहरू विद्यार्थीलाई राम्रोसंग निरीक्षण गर्न पाउँथे। विद्यार्थी माथिल्लो कक्षामा जाँदा उनीहरूको चाहाना, विचार गर्ने तरिका र स्वाभावका बारेमा शिक्षकलाई राम्ररी थाहा हुन्थ्यो।

खाजा खाइसकेपछि शिक्षिकाले घुम्न जाउँ भन्दा हेमा आश्चर्यमा परिन्। वास्तविकता यस्तो रहेछ, यदि विद्यार्थीले बिहान दिएको काम खाजा खानु अगाडि सकेमा घुमाउन लगिँदो रहेछ।  

एकदिन हेमालाई मनपर्ने थैली ट्याङ्कीमा खस्यो। उनले सबै पानी भाँडामा निकालिन् तर थैली भेटिएन। हेडमास्टरले उनले निकालेको पानी देखे र सोधेँ ‘के गरेको हेमा ?’  

घोकन्ते विद्या भन्दा प्रयोगात्मक शिक्षा दिएमा र उपयुक्त वातावरणमा हुर्काएमा मात्र बच्चा उत्कृष्ट भएर निस्कन्छ।

उनले भनिन्, ‘मेरो मनपर्ने थैली खस्यो त्यही भएर खोजेको।’  

हेडमास्टरले गाली गर्छन् होला भनेको त ‘काम सकिए पछि निकालेको पानी सबै  फिर्ता हाल है’ पो भने। खुसी हुँदै हेमाले भनिन्–हुन्छ।  

थैली नभेटिए पनि हेडमास्टरले दिएको काम भने पुरा गरिन्। आखिर उनले गाली गर्नुको साटो आफूमाथि विश्वास गरेर आत्मसम्मानको अनुभूति गराएका थिए।  

हेडमास्टर हरेक अभिभावकलाई आफ्ना छोराछोरीलाई स्कुल पठाउँदा थोत्रो लुगा लगाएर पठाउन अनुरोध गर्थे। यसको आशय के थियो भने, थोत्रो लुगा हुँदा च्यातिए अथवा फोहोर भए पनि खासै फरक पर्दैन र बच्चाहरू खेलकुदमा भाग लिन हिच्किचाउँदैनन्। त्यसै कारणले बच्चाहरू मन लगाएर खेल्थे। जित्नेहरूले उपहारमा  सागसब्जी पाउँथे।  

हेडमास्टरले विद्यार्थीलाई सारै सकारात्मक बनाएका थिए। त्यसैले होला, बच्चाहरू सब्जी उपहार पाउँदा पनि मख्ख पर्थे। ‘आफूले कमाएको पो हो त’ भन्दै गर्वका साथ घरमा लैजान्थे।  

हेडमास्टरको निर्देशन अनुसार शिक्षकहरूले बच्चाहरूलाई घुमाउन नजिकैको सामाजिक महत्व भएको ठाउँमा लान्थे।  

हेडमास्टर विशेष व्यक्तिहरूबाट बच्चालाई प्रयोगात्मक शिक्षा प्रदान गर्ने प्रयास गर्थे। हेडमास्टरले कहिले पनि बच्चालाई नयाँ प्रयास गर्दा बिग्रेमा गाली गरेर हतोत्साहित गरेनन्।  

उनले जहिले पनि हरेक बच्चालाई ‘नयाँ कुराको प्रयास गर्नुपर्छ अझ गल्ती भए मात्र हो मानिसले नयाँ कुरा सिक्ने’ भन्ने शिक्षा दिइरहे।  

घोकन्ते विद्या भन्दा प्रयोगात्मक शिक्षा दिएमा र उपयुक्त वातावरणमा हुर्काएमा मात्र बच्चा उत्कृष्ट भएर निस्कन्छ। जब आँखा छन् तर सुन्दरता देख्दैनन्, कान छन् तर संगीत सुन्दैनन्, दिमाग छ तर सत्य बुझ्दैन, मुटु छ तर उत्प्रेरित हुँदैन भने मात्र चिन्ता गर्नुपर्छ भनेर सिकाए।

त्यही कारण नयाँ विद्यालयमा हेमा पनि रमाइन्। 

प्रकाशित: ६ भाद्र २०७७ १०:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App