१५ मंसिर २०७९ बिहीबार

विद्यालय जाँदा-आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

दोगडाकेदार गाउँपालिका-१ बैतडीका प्रकाश विष्टले भर्खर किशोरावस्थामा प्रवेश गरे। गोरङ घर भएका उनलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ।

एमयुका सहायक डिन र सहप्राध्यापकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले मध्यपश्चिम विश्वविद्यालय सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा. विनयकुमार दासविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

रेडिअन्ट सेमिफाइनलमा

आयोजक रेडिअन्ट पब्लिक आठौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।

विद्यालय स्तरीय अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी

नेशनल साइन्स फाउन्डेसन, भारत र डीभी सुशील केडिया विश्व भारती विद्यालय ललितपुरको संयुक्त आयोजनामा विद्यालय स्तरीय प्रथम अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ।

नेपाल फिल्म क्याम्पस र न्यूयोर्क फिल्म एकेडेमीबीच सम्झौता

प्रमुख उप्रेतीले भने, ‘हाम्रा विद्यार्थीले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सिर्जनात्मक तथा प्राविधिक हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ।’

त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ।

प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा एपीएफ र आर्मी भिड्ने

शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले प्रश्तुत गरेको ३ सय ५ रनको लक्ष्य आर्मीले एक बल बाँकी रहँदा आठ विकेटको क्षतीमा पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।

सरकारी स्कुलमा विद्यार्थी टिकाउन बाल बचत खाता

सामुदायिक विद्यालयमा बालबालिका आकर्षित गर्न कतै अंग्रेजी माध्यममा पढाइँदैछ, कतै निजीमा झैं सामुदायिक विद्यालयको पोसाक नै टाइसुट निर्धारण गरिएको छ।

नेपाल भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटरः शल्यक्रिया सेवा

उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ। छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो।

‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो'

उनीहरुले ‘खै रिजल्ट मुसाले खायो, खै मुसा टियूभित्र पस्यो, शिक्षामा राजनीति गर्न पाइँदैन‚ यस्तो विश्वविद्यालय चाहिँदैन’लगायत नारा लेखिएको प्ले कार्ड सहित प्रदशन गरेका थिए।

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा शनिबार भएको खेलमाएपिएफले कर्णालीलाई ४४ रनले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो।

शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’

बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका–८ स्थित गङ्गा माविमा सो अभ्यासको थालनी भएको छ।

पुलिस सेमिफाइनलमा

लुम्बिनी प्रदेशमाथि ६ विकेटको जित निकाल्दै अपराजित यात्रालाई तेस्रो खेलमा पनि निरन्तरता दिएपछि विभागीय टोली नेपाल पुलिस क्लब राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

मनमोहन प्राविधिक विश्वविद्यालयले औद्योगिक जनशक्ति उत्पादन गर्ने

मोरङको बुढीगंगा स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालका उद्योगलाई आवश्यक जनशक्ति उत्पादनका लागि शैक्षिक कार्यक्रम सुरू गरेको छ।

अंकितको शतकमा प्रदेश-१ लाई सफलता

अंकित सुवेदीको शतकमा मंगलबार प्रदेश–१ ले समूह ‘बी’ को खेलमा बाग्मती प्रदेशमाथि ६९ रनको जित निकाल्दा दिनको अर्को खेलमा एपिएफले लगातार दोस्रो जित निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्