सपना रिजाल
कक्षा–७,
श्री जोरपाटी माध्यमिक विद्यालय, सुर्यविनायक –१० भक्तपुर ।
कोरोना भाइरस यस्तो रोग हो, जो देखिंदैन तर सर्तकता नअपाउँदा र समयमै उपचार नगर्दा ज्यानैसम्म पनि लिन सक्छ । यो भाइरस चीनको वुहानबाट उत्पत्ति भई विश्वका प्रायः मुलुकहरुलाई आक्रन्त पारिसकेको छ । कोरोनाको विश्वव्यापी महामारीको संकटले हामी जस्ता विद्यार्थीलाई पनि छोडेको छैन ।
हालसम्म विश्वमा ३ लाख पच्चीस हजारको हाराहारीमा ज्यान लिइसकेको यो महामारीले सुरक्षा नीति नअपनाउँदा र जथाभावी हिँडडुल गर्नाले कसैलाई पनि छोड्दैन । नेपालमा पनि ५७ दिनदेखि सरकारले जहाँ बसेको हो त्यहीँ बस्नु, बाहिर ननिस्कनु भनेर लकडाउन लगाएको छ । तैपनि लकडाउनको अटेरी हुँदा नेपालमा ४ सय २ जनालाई कोरोना लागिसकेको छ भने ३ जनाको पापी कोरोनाले ज्यान लिइसकेको छ ।
त्यसैले हाम्रो विद्यालय पनि खुलेको छैन । कोरोना महामारीबाट बाँच्न सकियो भने पढौंला, यो रोगबाट बच्न तपसिलको सर्तकता अपनाउनुपर्छ ।
१) बेलाबेला साबुनपानीले मिचीमिची हात धुने ।
२) सेनिटाइजर प्रयोग गर्ने ।
३) खानेकुरा धोएर, सफा गरेर मात्र खाने ।
४) हात नमिलाउने, त्यसको सट्टा परैबाट नमस्ते गर्ने ।
५) तातो पानी र ताजा खानेकुरा खाने ।
६) कागती, टिम्बुर, खुर्सानी आदि खाने ।
७) फलफूल र ताजा तरकारी खाने, बाहिरको खानेकुरा नखाने ।
७) दैनिक नुहाउने, आफु र अरुलाई सफा रहन सुझाव दिने ।
८) घरबाहिर ननिस्कने, निस्कनै परे मास्कको प्रयोग गर्ने ।
९) हामीले रङ र पानी नखेल्ने ।
१०) खोक्दा र हाँच्छयुँ गर्दा रुमाल वा कुइनाले मुख छोप्ने ।
११) हामी रुघाखोकी लागेको मानिसबाट टाढा रहने ।
१२)आफुमा सामान्य रुघाखोकी लागेमा नजिकैको स्वास्थ्य चौकीमा गएर उपचार गराउने ।
१३) घरमा कुरा गर्दा पनि दुरी कायम गर्ने ।
१४) मानिसको हुलमा नजाने ।
उसो भए लकडाउनका बेला हामीले के गर्ने त ?
क) फोहोरमा नखेल्ने ।
ख) टिभी धेरै नहेर्ने, हेरे पनि ज्ञानबर्दक र युट्युब सर्च गरेर किताबी र व्यावहारिक ज्ञान सिक्ने, जस्तै ः खाना पकाउन, सरसफाइको तरीका, खेलकुद विधि कसरतहरु आदि ।
ग) लामो समयसम्म टिभी हेर्दा आँखामा खराबी आउन सक्छ ।
घ) कपडा धुने, खाना पकाउन सघाउने, भाँडाकँुडा धुने र मिलाएर राख्ने ।
ङ) खेती भएमा र समय मिलाएर बाबाममीलाई खेतीपातीमा सघाउने ।
च) समाचारहरु सुन्ने र हेर्ने देशमा के भइरहेको छ भनेर जान्ने, अरुलाई पनि सुनाउने ।
माथिका कुराहरु पालना गर्ने हो भने हामी यो पापी कोरोनाबाट बाँच्न सक्छौं । त्यसैले सबै साथीहरुले सबैलाई भनौ र आफु पनि नियमलाई पालना गरौ । कोरोनाबाट आफु बाँचौं र अरुलाई पनि बचाऔं !
प्रकाशित: ७ जेष्ठ २०७७ ११:३६ बुधबार