२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

संसद्मा सरकारका ९ नयाँ विधेयक, मन्त्रिपरिषद्बाट पेश गर्न स्वीकृति

सरकारले विभिन्न क्षेत्रसँग सम्बन्धित ९ वटा महत्त्वपूर्ण विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ती विधेयक संसद्मा दर्ता तथा पेश गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार विधेयकहरू संविधान, प्रशासन, श्रम, नागरिक सेवा, पशु स्वास्थ्य, हवाई सेवा, मानव बेचबिखन नियन्त्रणलगायत विविध क्षेत्रसँग सम्बन्धित छन्।

सरकारले संसद्मा पेश गर्न स्वीकृति दिएका विधेयकहरू :

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक।

खानी तथा खनिज पदार्थसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक।

संक्रामक पशुरोगको रोकथाम तथा नियन्त्रणसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक।

राहदानी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन पहिलो संशोधन विधेयक।

बालश्रम निषेध तथा नियमनसम्बन्धी विधेयक।

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक।

मेलमिलाप ऐन, २०६८ संशोधन गर्न बनेको विधेयक।

निजामती सेवा ऐन, २०१९ संशोधन गर्न बनेको विधेयक।

मन्त्रिपरिषद्को निर्णयसँगै यी विधेयकहरू अब संघीय संसद्मा दर्ता भई आवश्यक संसदीय प्रक्रियामार्फत छलफल र पारित हुने प्रक्रियामा जानेछन्। सरकारले कानुनी तथा नीतिगत सुधारलाई अघि बढाउने उद्देश्यले विभिन्न क्षेत्रमा आवश्यक संशोधन र नयाँ व्यवस्था प्रस्ताव गरेको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८३ १७:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App