coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

गाईजात्रा हेर्दा

मधुसूदन लामिछाने
कक्षा–३, न्यू सिरस स्कुल, तारकेश्वर –११,काठमाडौं ।
जनैपूर्णिमाको भोलिपल्ट भाद्रकृष्ण प्रतिपदाको दिन गाईजात्रा थियो। त्यो दिन मेरो स्कुल बिदा थियो। मलाई गाईजात्रा भनेको के होला जस्तो लागिरहेको थियो। मैले आमालाई गाईजात्रा हेर्ने रहर सुनाएँ। उहाँले बाबासँग सल्लाह गर्नुभयो र आमाबाबाले  मलाई गाईजात्रा हेर्न लैजानुभयो।

हामी गाईजात्रा हेर्न असन गयौँ। असनबाट इन्द्रचोक गयौँ र त्यहाँबाट फेरि हनुमानढोका गयौँ। सबैतिर भीड थिए। मान्छेहरूलाई नै गाई बनाएर ल्याएको थियो। ठूलासाना दुवै खाले गाईहरू थिए। छोरी मान्छेहरू पनि गाई बनेर आएका थिए। साँच्चिकै गाईलाई पनि डो¥याएर ल्याएको थियो। त्यस्ता गाईहरूले पहेँलो लुगा लगाउँदा रहेछन्।

गाई बन्ने मान्छेहरूले गाजल लगाएका थिए। कालो रंगको जुँगा बनाएका थिए। टीका र पहेँलो धोती लगाएका थिए। गाई बन्ने मान्छेको छेउमा साथीहरू पनि थिए। उनीहरूले झोला बोकेका थिए। गाई बन्नेलाई अरूले अन्न, चकलेट, पैसा र फलफूल दिएका थिए। उनीहरूले त्यही झोलामा राख्दा रहेछन्।

मान्छेहरूले फोटो पनि बोकेका थिए। गाईसँगै बोकेको फोटो मरेको मान्छेको हो रे। मान्छे मरेको घरबाट त्यसरी फोटो र गाई ल्याउने चलन रहेछ। मरेको मान्छेको फोटोलाई माला पनि लगाइदिएको थियो। सिन्के धूप बालेर हिँडेका थिए। कोहीकोही मान्छेले फोटोसँग बत्ती पनि बालेका थिए।

बाबाले भनेअनुसार गाईजात्रा प्रताप मल्ल भन्ने राजाले चलाएका रे। उनको छोरा मर्दा रानी रोइन् रे। रानीलाई अरूका पनि छोराछोरी मर्छन् भनेर देखाउन यो जात्रा चलेको रे। हनुमानढोकामा धेरै भीड थियो। पहिलेदेखि नै हनुमानढोकामा यो जात्रा देखाइन्थ्यो रे। मैले पनि हनुमानढोकामा यो जात्रा राम्ररी देखेँ। विद्यालय बिदा भएकाले मैले पनि गाईजात्रा हेर्न पाएँ। जात्रा हेर्न पाउँदा रमाइलो लाग्यो।          

प्रकाशित: ४ आश्विन २०७६ ०७:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App