किशोरीलाई प्रलोभनमा पारी भारततर्फ लैजान खोज्ने एकजना पक्राउ परेका छन्।
कपिलवस्तुको कृष्णनगर नाका हुँदै किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ का २५ वर्षीय शिशिर तामाङ रहेका छन्।
प्रहरीका अनुसार उनले काठमाडौंबाट अनेक प्रलोभनमा पारी झुक्याई बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले किशोरीलाई भारत लैजान लागेका थिए। कपिलवस्तु कृष्णनगर हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा तामाङ पक्राउ परेको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।
सिमा नाका कटाउने बेलामा किशोरी र तामाङलाई सोधपुछ गर्दा सो तथ्य खुलेको हो। उनीमाथि अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको छ।
प्रकाशित: २२ मंसिर २०८१ १३:५१ शनिबार