शाकाहारी हुनु मानिसको आध्यात्मिक स्वभाव हो। मेरो आशय मांसाहारीको विरोधमा होइन तर जन्मजात मानिसको स्वभाव शाकाहारी हो। मानिस सांसारिकपनमा व्यस्त भए पनि उसको खास गुण आध्यात्मिकता पनि हो। अरुको प्राण लिएरमात्र मेरो पोषण पुग्छ र म आनन्दित हुन्छु भन्ने मानसिकतालाई मात्र मांसाहारले पोषण दिन्छ। अन्यथा डार्बिनको मानव विकासको सिद्धान्त सही मान्ने हो भने मानव बाँदरबाट विकसित भएर आएको प्राणी हो । बाँदर शाकाहारी प्राणी हो, उसले मांसाहार गर्दैन। यसबाट प्रस्ट हुन्छ कि हामी आफ्नो स्वभावबाट पर हट्दै छौं।
मानिसको शरीरको बनोट हेर्ने हो भने पनि चपाउने दाँतदेखि लिएर पाचन प्रणाली, मानव शरीरका खाना निल्ने र पचाउने आन्द्रा सबैको आकार र बनोट मांसाहारका लागि बनेको छैन, मानिस पूर्णतः शाकाहारी प्राणी हो । सबैलाई थाहा भएकै कुरा हो– शरीर र मन मष्तिस्कको सन्तुलन कायम राख्न र शान्तिपूर्ण, खुसी जीवन जीउन उसको आहारले ठूलो भूमिका खेल्छ । हामी जस्तो खाना खान्छौं हाम्रो रगत त्यस्तै बन्छ र शरीरभर त्यसले त्यही प्रतिक्रिया देखाउँछ उसले आफ्नो धर्म निर्वाह गाईको शरीर र आहार अनि स्वभाव, त्यस्तै बाघको शरीर र आहार अनि उसको स्वभावबाटै अड्कल पाउन सकिन्छ । मांसाहारको क्रोधी, डरलाग्दो र अजंगको स्वभाव अनि शाकाहारीको शान्त स्वभाव । मानिस शान्त स्वभावको प्राणी हो। त्यसैले त मानिस गीत गाउँछ, संगीतमा रमाउँछ, कविता लेख्छ । आनन्दको महासागरमा डुब्ने कला छ मानिसमा ।
मानिस प्रकृतिसँगै जन्मेको हुनाले के÷कस्ता आहार उसलाई आवश्यक पर्छ र कुन ऋतुमा कुन आहार ग्रहण गर्ने सबै व्यवस्था प्रकृतिले मिलाएर सिर्जना गरेको छ । बिनाव्यवस्था प्रकृतिमा कुनै पनि कुरा सिर्जना हँुदैन तर मानिसले धर्मको नाम जोडेर पशु बलीलाई निरन्तरता दिँदै आइरहेको छ जुन बिल्कुल सही छैन । हाम्रा पूर्वजले जति पनि प्रथा, परम्परा चलाएका छन् ती सबै परम्परासँग मानवीय संवेदना, करुणा र उत्सव जोडिएका छन्, धर्म भनेर कहींँ कतै उल्लेख पाइँदैन । ती परम्परा र विवेकशीलताका सन्देशलाई धर्म जोड्ने काम मानिसले नै सुरु गरे । ओशो भन्नुहुन्छ– धर्म तिमीभित्रको स्वभाव हो । मानिसको धर्म स्वभाव करुणा र प्रेम हो । करुणा र प्रेमको संस्कार विकास गर्नु मानव धर्म हो । समाजमा धर्म भनेर प्रचार गरिएका हिन्दु, मुस्लिम, जैन जे÷जे नाम दिए पनि ती धर्म होइनन्, ती मानिस हुर्केका, विकास हुँदै आएका परम्परा हुन् ।
बुद्ध धर्मले पनि अहिंसालाई नै जोड दियो । शाकाहारी स्वभावको कुरा गर्न हामीले धर्मको सहारा पनि लिनुपर्दैन, मानिसले आफ्नो स्वभावतिर फर्केर हेर्ने हो भने त्यसले नै जन्मजात नै ऊ शाकाहारी हो । जब मानिस संन्यासी ध्यानी र प्रेमी बन्छन् स्वाभाविकरूपमा उनीहरु शाकाहारी जीवन जिउँछन्, ध्यानले नै मानिसलाई मांसाहारी र हिंसाबाट माथि उठाएर सरल अनि प्रेमपूर्ण जीवन जिउन प्रेरित गर्छ । आध्यात्मिक ज्ञानले, ध्यानले सात्विक भोजन गर्ने बानी बसाल्छ, मानिसलाई सरल र सहज अनि करुणावान बनाउँछ ।
परम्परा र चालचलनलाई धर्म भनेर परिभाषा गरिनु, कर्मकाण्डमा सीमित गरेर प्रचार पÞmैलाइनु अविवेकपूर्ण अभिव्यक्ति हो । हिन्दु संस्कारले आफ्ना साहित्य, पुराणहरुमा मानिसभित्र पशुत्वको गुण बाँकी छ भने त्यसलाई बली देऊ र आफ्नो स्वभावमा फर्क भन्न खोजेको हो, पशुबली देऊ कहीँ भनिएको छैन । त्यसैले निरीह पशुको बली दिएर त्यसको स्वादमा रमाउनु धर्मको रूप हो भने कल्पना गरौँ, पापको रूप कस्तो होला ?
प्राकृतिक स्वभावमा जन्मेको मानिसले ऋतुका आधारमा दशैंको मौसम हेर्ने हो भने शरद ऋतुको मौसम न जाडो न गर्मी, शान्त शीतल वायुको प्रवाह वायुमण्डलमा प्रदूषणको कमी, स्वच्छ, सफा वातावरण त्यसै पनि उत्सवमय छ प्रकृति । प्रकृतिमा हजारौं प्रकारका सब्जी, फलफूल र अन्न जस्ता खाने चिज उपलब्ध छन् त अरु जीवित प्राणीको ज्यान मारेर खाने जरुरत किन प¥यो ? भोजन शक्तिका लागिमात्र होइन, शारीरिक गुण कायम गर्नका लागि पनि हो । त्यसैले मांसाहारी मानिसभन्दा शाकाहारी मानिस बढी स्वस्थ हुन्छ, तुलनात्मकरूपमा आयु पनि बढी हुन्छ । यी प्रकृतिका रुख, बिरुवा, यिनीहरुको आफ्नो भाषा, आफ्नो संगीत, आफ्नो स्वभाव जसले हामीलाई समेत आनन्द दिइरहेका छन् यिनीहरुको सुन्दरता हेरेर पनि हामी थाहा पाउन सक्छौं, शान्त स्वभावले अरुलाई पनि आनन्द बाँड्न सकिन्छ भनेर । शक्तिशाली भूकम्पले कैयौं जीवन अझै प्रभावित पारिरहेकै बेला अघोषित नाकाबन्दीको असरले यो राष्ट्रिय पर्व दशैंलाइ पनि प्रभावित बनाइसकेको छ । यो अवस्थामा मितव्ययी, संयमित र करुणावान बन्न पनि शाकाहारी दशैं मनाऔं किनभने हाम्रा चाडपर्व, हाम्रा संस्कृति, परम्परा र हाम्रो भोजनको उद्देश्य हो– मानिसलाई प्रेमपूर्ण, करुणावान, शान्त, सुन्दर बनाउनु ।
प्रकाशित: १९ आश्विन २०७३ ०३:२८ बुधबार