११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता लक्षित रिजालको कटाक्ष : ‘लाहुरेभन्दा गुन्टा अगाडि’ नदौडेर आफ्नै इज्जत बचाउनु

नेकपा एमालेका नेता विष्णु रिजालले सत्ता गठबन्धन सहमति अनुसार चल्ने बताएका छन्। बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यो कुरा स्पष्ट गरेका हुन्। 

उनले लेखेका छन्, ‘नेकपा (एमाले) र नेपाली कांग्रेसका बीचमा वर्तमान सरकार गठन गर्ने सहमति हुँदा जसका बीचमा सहमति भएको हो, उहाँहरूबीच कुनै समस्या छैन, नियमित र सघन सहकार्य छ।’ 

कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइराला सरकारप्रति असन्तुष्ट देखिन्छन्। सरकारमा रहेर पनि सरकारको विरोध गर्ने कांग्रेस नेतातर्फ संकेत गर्दै उनले भने, ‘जसले सम्झौता हुँदा थाहै पाएका थिएनन्, तिनले सरकारको विरोधै गरे पनि कुनै अर्थ राख्दैन । सत्तारुढ पार्टीका साथीहरूको सन्दर्भमा चाहिँ बरु 'लाहुरेभन्दा गुन्टा अगाडि' नदौडेर आफ्नै इज्जत बचाउनु शोभनीय हुन्छ।’

नेता रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको आयुबारे गरेको बयानबाजीको पनि जवाफ दिएका छन्। उनले लेखेका छन्, ‘दुई पार्टी मिल्दा आफ्नो वास्तविक हैसियतमा बस्नुपर्दा मुर्मुरिएका विपक्षी नेताले कहिले 'सरकार बलियो छ, बाँकी पूरै अवधि चल्छ' भन्नुभएको छ र ? एकातिर 'अब ०८४ सम्म म सरकारतिर फर्किन्न' भन्नुहुन्छ अनि अर्कातिर 'कांग्रेसलाई निःशर्त समर्थन गर्न तयार छु' भन्नुहुन्छ। माओवादीले आफ्नो विधान संशोधन गरेर नेपाली कांग्रेस र शेरबहादुर देउवालाई समर्थन गर्ने बुँदा राखे पनि काम लाग्ने अवस्था छैन।’

प्रकाशित: ३ वैशाख २०८२ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App