१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध पक्राउ पुर्जी जारी

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। अहिराजविरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले नागरिकसँग भने, 'उहाँमाथि अनुसन्धान गर्दैछौँ। एउटा जाहेरी परेको छ।'

जाहेरीमा अहिराजले मधेश मूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप छ।

अहिराज २०७७ फागुन ७ मा मधेश प्रदेश प्रमुख नियुक्त भएका थिए।

प्रकाशित: ३ वैशाख २०८२ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App