१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थायी कमिटीमा ओलीले भने : संवैधानिक निकायका नियुक्तिबारे कुनै निर्णय भएको छैन

फाइल तस्बिर

नेकपा स्थायी कमिटी बैठक पुस ५ गते सम्का लागि स्थगित भएको छ। बुधबारको बैठकमा लामो प्रयास पछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागि भएका थिए।पार्टीको केन्द्रीय कमिटीको बैठक पुस १० गतेका लागि बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकले संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने, संसदको विशेष अधिवेशनका लागि निवेदन दर्ता नगराउने लगायतका विषयमा सहमति गरेको छ। यस अघि केन्द्रीय कमिटी बैठक ५ गतेलाई बोलाइएको थियो।

वुधबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र ओलीबीच दुई पटक भेट भएको थियो। दोस्रो भेटपछि ओली अध्यादेश फिर्ता लिन र बैठकमा आउन सहमत भएका थिए।

बैठकमा ओलीले संवैधानिक आयोगमा नियुक्तिबारे कुनै निर्णय नगरेको जानकारी दिएका थिए।

 

 

प्रकाशित: १ पुस २०७७ १२:३१ बुधबार

नेकपा स्थायी कमिटी संवैधानिक परिषद