२ वैशाख २०८३ बुधबार
image/svg+xml
राजनीति

मेरो नाममा कुनै सम्पत्ति छैन : सांसद साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सम्पत्तिका नाममा आफूसँग केही नभएको बताएका छन्। 

सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरेपछि आफ्नो सम्पत्तिको विवरण पनि मागेको जिकिर गर्दै उनले यस्तो बताएका हुन्।आफ्नो सम्पत्तिको विवरण केही दिनपछि सार्वजनिक गर्ने बताउँदै उनले भने, 'मेरो सम्पत्ति विवरण चाहिएको रैछ! केही दिन पछि दिउँलान्त मेरो!'

सामाजिक सञ्जालमार्फत उनले भने, 'मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङ केपिलाश गढी २ चोखाने गाउँको पाखारेखा, खरबारी बाँस र उतीस घारीसहितको केही खेतबारीछ! गाउँ भिरालो पाखामा छ! त्यो पनि दाजु दिदीहरूले अंश लिएकाछैनन्! मेरो नाममा केही छैन! ४-५ तोला सुन वैदेशिक रोजगारीबाट जोडेको होला! बैंक ब्यालेन्स २-४ लाख होला! म सार्वजनिक गर्नेछु! केही छैन मेरो नाममा!'

प्रकाशित: १ वैशाख २०८३ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App