२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

नेकपा एमालेले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले सुनसरी घटनामा नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा, मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री–गृहमन्त्री थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भने सुनसरीमा गोली चल्दा प्रधानमन्त्री र गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ थुनामा बस्नुपर्नेछ।’

यस्तै, उनले अरुलाई फौजदारी कसुर थोपर्नेहरू आज घटनाको नैतिक जिम्मेवार लिन तयार छन् कि छैनन् ? भन्दै प्रश्न गरिन्।

देशमा दंगा भइरहँदा प्रधानमन्त्री गुमनाम बनेको आरोप लगाउँदै उनले भनिन्,‘ जनतालाई दुःख पर्दा नेतृत्वमा देखिनुपर्छ। जनताका बीचमा देखिनुपर्छ। जनताको सुरक्षा र मुलुकलाई सुदृढ बनाउन सरकारलाई साथ सहयोग गर्न तयार छौँ। सरकार त्यो ढंगले प्रस्तुत होस्।’

प्रकाशित: १४ श्रावण २०८३ ११:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App