राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले नयाँ वर्ष २०८३ ले शान्ति, न्याय र समृद्धि ल्याओस् भन्दै शुभकामना व्यक्त गरेका छन्।
युवाहरूको रगत सडकमा नबगोस र संसदअगाडि ज्यान कहिल्यै नढलोस् भन्ने कामना उनले गरेका छन्।
उनले आँखैअगाडि दन्दनी देश अब नजलोस, नेपालीको पसिना परदेश नबगोस, न्याय खोज्न सडकमा आउन नपरोस निर्दोष आँसु कहिल्यै नबगोस भन्दै उनले २०८३ सालको शुभकामना दिए।
प्रकाशित: १ वैशाख २०८३ ०७:४५ मंगलबार





