१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अन्तर्वार्ता

‘कन्टेन्ट क्रिएटर र स्टाइलिस उपभोक्ताका लागि सामसुङको फोल्डेबल स्मार्टफोन’

प्रणयरत्न स्थापित, निर्देशक सामसुङ नेपाल

सामसुङ ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिन थालेको एक दशक बढी भइसक्यो। पछिल्लो समय सामसुङ कम्पनीले उत्पादन गरेका नयाँ सिरिजका स्मार्टफोनमा नेपाली ग्राहकको आकर्षण पनि निरन्तर बढिरहेको छ। यिनै समसामयिक विषयमा केन्द्रित रही सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितसँग नागरिककर्मीले गरेको कुराकानीको सम्पादित अंशः

नेपालको मोवाइल बजारमा सामसुङको हिस्सा कति छ?

नेपालको मोवाइल बजारमा सामसुङ अग्रणी ब्रान्डको रूपमा स्थापित भइसकेको छ। यस ब्राण्डका मोवाइल सन् २०१० देखि नै नेपाल भित्रिएका हुन्। सामसुङ नेपाल सन् २०१४ देखि सामसुङ कोरियाको लाइजन अफिसको रूपमा आवद्ध भएको हो।

सामसुङ नेपालले सामसुङ ब्राण्डका मोवाइल, इलेक्ट्रोनिक्स सामग्रीमा टेलिभिजन, होम एप्लाइन्सेन्स लगायतका धेरै डिभाइस तथा उपकरण भित्र्याइरहेका छौं। हामीले नेपाली ग्राहकलाई वल्ड क्लास टेक्नोलोजीमा सहज पहुँच अभिवृद्धि गर्ने काम गर्दै आइरहेका छौं।

नेपालको मोवाइल बजारमा सामसुङ अग्रणी ब्रान्डको रूपमा स्थापित भइसकेको छ। यस ब्राण्डका मोवाइल सन् २०१० देखि नै नेपाल भित्रिएका हुन्।

नेपाली ग्राहकलाई सुपथ र सुलभ मूल्यमा सामसुङका स्मार्टफोन उपलब्ध गराउँदै आएका छौं । अहिलेसम्म कुनै पनि स्वतन्त्र संस्थाले नेपालमा कुन कुन ब्रान्डका मोवाइल प्रयोगकर्ता कति छन् भनेर सर्वे गरेका छैन। यद्यपि हाम्रो आन्तरिक विश्लेषण अनुसार नेपालको मोवाइल बजारमा सामसुङ मोवाइलको हिस्सा ३५ प्रतिशत माथि  छ। हामी अग्रणी स्थानमा छौं भन्नेमा कुनै दुईमत छैन।

सामसुङले मोवाइलका कस्ता प्रोडक्ट नेपाली बजारमा उपलब्ध गराएको?

सामसुङ मात्रै एउटा यस्तो मोवाइल ब्राण्ड हो जसको पहिलो श्रेणी ‘ए जिरो फोर ई’ हो। हाल यसको बजार मूल्य १३ हजार रूपैयाँ पर्छ। अहिले त ‘स्टेट अफ दी आर्ट फोल्डेबल डिभाइस भएको सामसुङको स्मार्ट फोन बजारमा उपलब्ध छ। सामसुङले सर्वसाधारणदेखि नयाँ खालका कन्टेन्ट क्रिएटरहरूसम्मका लागि भनेर स्मार्टफोन (फोल्डेबलसमेत) नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।

अहिले सामसुङको फोल्डेबल स्मार्टफोनको मूल्य दुई लाख रूपैयाँभन्दा बढी पर्छ। साथै एड्भान्स खालको स्मार्टफोन पनि बजारमा उपलब्ध गराइएको छ। हाल नेपाली बजारमा सामसुङका १२ भन्दा बढी मोडलका स्मार्टफोन उपलब्ध छन्।

सामसुङको फोल्डेबल स्मार्टफोन कस्तो खालको हो?

सामसुङ कम्पनीले एक दशकभन्दा लामो अध्ययन र अनुसन्धानपछि फोल्डेबल स्मार्टफोन बजारमा उपलब्ध गराएको हो। यसैका कारणले पनि हुन सक्छ फोल्डेबल स्मार्टफोन धेरै ग्राहकको रोजाइमा पर्दै आइरहेको छ।

सामसुङको फोल्डेबल मोवाइल डिभाइस भन्नाले स्क्रीन नै फोल्ड हुने गर्छ। सामसुङले यो फोल्डेबल स्मार्टफोनका २ सिरिज उत्पादन गरेर नेपाली बजारमा उपलब्ध गराइसकेको छ। एउटा जेड फोल्ड र अर्को जेड फ्लिप हो।

सामसुङ कम्पनीले यस सेरिजको मोबाइलको ‘प्रोटोटाइप’ सन् २०११ मै तयार गरेको थियो। लामो समयको अध्ययन र अनुसन्धान गरेपछि मात्रै यसलाई व्यावसायिक रूपमा बजारमा वितरण गरिएको हो।

सामसुङ कम्पनीले एक दशकभन्दा लामो अध्ययन र अनुसन्धानपछि फोल्डेबल स्मार्टफोन बजारमा उपलब्ध गराएको हो।

बजारमा आउनुअघि त्यो सिरिजका स्मार्टफोनमा धेरै खालको परिमार्जन गरिएको थियो। यो सिरिजका फोल्डेबल स्मार्टफोन व्यावसायिक रूपमा सन् २०१९ देखि मात्र विश्वव्यापी बजारमा उपलब्ध गराइएको थियो भने नेपालमा चाहिँ सन् २०२० देखि भित्र्याइएको हो। नेपालमा पहिलो पटक सामसुङको फोल्ड टु सिरिजका स्मार्टफोन ल्याएर सुरु गरिएको थियो। त्यसपछि कम्पनीले जेड फ्लिप स्मार्टफोन पनि नेपाली बजारमा ल्यायो।

सामसुङको जेड फोल्ड र जेड फ्लिप ४ मा अन्य स्मार्टफोनभन्दा के फरक छ?

सन् २०२० देखि २०२२ सम्म आइपुग्दा सामसुङ कम्पनीले तीन संस्करणका फोल्ड फ्लिप सिरिजका स्मार्टफोनहरू भित्र्याइसकेको छ। तिनमा फोल्ड २,  फोल्ड  फ्लिप २, फोल्ड ४ र फोल्ड फ्लिप ४ पर्दछन्।

सामान्य स्मार्टफोन र जेड फोल्ड/फोल्ड फ्लिप स्मार्टफोनमा फरक अनुभूति गर्न सक्ने सुविधाहरू समावेश गरिएका छन्। फोल्डेबल सिरिजका स्मार्टफोन चलाउन उत्सुक ग्राहकले फरक अनूभूति गर्न पाउनेछन्।

उपभोक्ताले फोल्ड फ्लिप र जेड फोल्ड स्मार्टफोन चलाउँदा ट्यावलेट चलाएझैं महसुस गर्न सक्नेछन्। कार्यालयका कार्य सम्पादनदेखि विभिन्न प्रकारका गेम खेल्न पनि निकै सहज हुने गरेको फिडव्याक हामीले पाइरहेका छौं। यसमा निकै राम्रो खालको हार्डवयर र सफ्टवेयरको प्रयोग गरिएको हुन्छ। समग्रमा हामीले यसलाई कम्प्युटर जस्तै गरेर पनि मोवाइल फोन चलाउन सक्छौं।

सन् २०२० देखि २०२२ सम्म आइपुग्दा सामसुङ कम्पनीले तीन संस्करणका फोल्ड फ्लिप सिरिजका स्मार्टफोनहरू भित्र्याइसकेको छ।

फोल्डेबल स्मार्टफोन हाम्रो उत्पादकत्व बढाउन एउटा ‘स्टेट अफ आर्ट’ कै रूपमा निश्चित वर्गलाई लक्ष गरेर ल्याइएको हो। जसले राम्रो डिभाइस आवश्यक रहेको महसुस गरिरहेका छन्, तिनीहरूलाई नै लक्षित गरेर ल्याइएको हो। फ्लिप सिरिजका स्मार्टफोन भने स्टाइलिस व्यक्तिहरूलाई लक्ष्य गरेर ल्याइएको हो।

यस सेरिजका फोनहरू सामाजिक सञ्जालमा कन्टेन्ट क्रिएट गर्न चाहनेहरू लागि अति नै उपयोगी छन्। अहिलेका विख्यात सामाजिक सञ्जाल टिकटक, रिल, ह्वाट्स एप र अन्य सामाजिक सञ्जालमा विभिन्न खालका भिडियो बनाउन निकै उपयोगी र प्रभावकारी रहेको देखिएको छ।

जुन खालको भिडियो बनाउन सामान्य खालको स्मार्टफोनबाट सम्भव छैन, त्यो सामसुङका नयाँ सिरिजका मोवाइलफोनबाट सहजै बनाउन सकिन्छ। नयाँ इनोभेसन, ग्यालेक्सी जेड फ्लिप ४ र ग्यालेक्सी जेड फोल्ड ४ कम्पनीका लागि ती फाइन–ट्युनिङ प्रयासहरूको परिणाम हो। यिनीहरूमा गरिएका कोर डिजाइनले यसको महत्व झल्काएको छ। परिवर्तनशील संसारमा स्मार्टफोन प्रयोगकर्तालाई सन्तुष्ट पार्न सक्ने खालको उत्पादनका रूपमा कम्पनीले यसलाई हेरेको छ।

जुन खालको भिडियो बनाउन सामान्य खालको स्मार्टफोनबाट सम्भव छैन, त्यो सामसुङका नयाँ सिरिजका मोवाइलफोनबाट सहजै बनाउन सकिन्छ।

ग्यालेक्सी जेड फोल्ड ४ को अप्टिमाइज्ड स्क्रिन रेसियोसँग मिलाइएको छ। साथै थप सहज ग्रिप प्रदान गर्ने फाइन कट, फ्ल्याट र कम्प्याक्ट डिजाइनहरूका साथ सिधा एजेजहरू र स्लिमर डटहरू समावेश गरिएका छन्। यसले दैनिक प्रयोगको लागि उपयोगिता, पकेटाबिलिटी र मेस्मराइजिङ स्क्रिन अनुभवहरूलाई सन्तुलनमा राख्न मदत गर्छ।

ग्यालेक्सी जेड फ्लिप ४ को कभर स्क्रिन र क्यामेराको सिमलेस कम्पोजिसन क्याप्चर गर्ने सरल डिजाइन कायम राख्दै अपग्रेड गरिएको क्यामेरा जडान गरिएको छ। साथै यसमा आकर्षक आई क्याचिङ सजावट पनि विद्यमान छ। यसमा भएको कभर स्क्रिन घडीले प्रयोगकर्ताहरूलाई आफ्ना दैनिक भावनाहरू व्यक्त गर्न सघाउँछ। यसमा सिम्पलदेखि कम्प्लेक्स ग्राफिकल डिजाइनहरू समावेश गर्न पनि सकिन्छ।

सर्वसाधारण जनताले खरिद गर्न सक्ने अवस्था छ कि छैन?

सबैभन्दा पहिला हामीले के बुझ्नुपर्छ भने सामसुङको फोल्डेबल मोवाइल ल्याउन धेरै अध्ययन र अनुसन्धान गरेपछि मात्र सम्भव भएको हो। सामसुङ कम्पनीले फोल्डेबल मोवाइल निर्माण गर्दा ठूलो धनराशी खर्च गरेको छ।

सामसुङ संसारकै ‘टप फाइभ’ रिसर्च र डेभलप गर्ने कम्पनीमा पर्छ। गत वर्ष सामसुङले १८ अर्ब अमेरिकी डलरभन्दा बढी रकम रिसर्च एण्ड डेभलपमेन्टमा खर्च गरेको थियो।

यो सबै लगानीको कारणले पनि यस्तो किसिमको फोल्डेबल टेक्नोलोजीमा आधारित मोवाइल उपलब्ध हुन सकेको हो। यस्ता प्रकारका मोवाइल फोनमा जटिल प्रकृतिको इन्जिनियरिङ प्रयोग गरिएको हुन्छ।

स्वभाविक छ, सामान्य खालका स्मार्टफोन भन्दा अत्याधुनिक खालका फोल्डेबल स्मार्टफोनको मूल्य केही बढी हुन्छ। गुणस्तर र इनोभेसनमा आधारित भएकाले पनि यस्ता खालका स्मार्टफोनको मूल्य केही बढी पर्ने गरेको हो। हामीले फोल्डेबल स्मार्टफोनलाई नेपाली ग्राहकले सहजै र सुलभ ढंगले खरिद गर्न सक्ने व्यवस्था पनि मिलाएका छौं।

सबैभन्दा पहिला हामीले के बुझ्नुपर्छ भने सामसुङको फोल्डेबल मोवाइल ल्याउन धेरै अध्ययन र अनुसन्धान गरेपछि मात्र सम्भव भएको हो। सामसुङ कम्पनीले फोल्डेबल मोवाइल निर्माण गर्दा ठूलो धनराशी खर्च गरेको छ।

पहिलो कुरो यी खालका स्मार्टफोनमा हामीले इन्ट्राफाइनान्स भन्ने कार्यक्रम ल्याएका छौं। जसबाट ग्राहकले बिना कुनै झन्झट एकदमै सहज तवरले सामसुङका दुई सयभन्दा धेरै आउटलेटबाट प्राप्त गर्न सक्नेछन्। त्यसका लागि सो स्मार्टफोन खरिद गर्न चाहने ग्राहकवर्गले आफ्नो नागरिकता र आफ्नो नियमित आम्दानको स्रोत देखिने कुनै कागजात प्रस्तुत गरेसँगै सर्वसुलभ रूपमा फाइनान्सिङको व्यवस्था गरेका छौं।

दोस्रोमा हामीले एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएका छौं। ग्राहकको पुरानो डिभाइसमा निश्चित रकम थपेर साट्न पाउने प्रबन्ध पनि मिलाएका छौं। सामसुङ कम्पनीले नेपालमा रहेका केही सीमित आउटलेटहरूबाट यो सुविधा उपलब्ध गराएको छ। यसअतिरिक्त प्याकेज इन्सुरेन्स पनि दिएका छौं। डिभाइस किनेको एकवर्षभित्र कुनै टुटफुट भएको खण्डमा एउटा सानो प्रोसेसिङ शुल्क तिरेर डिभाइस मर्मतसम्भार गरिदिने व्यवस्था पनि गरेका छौं।

फोल्डेबल र फ्लिप सिरिजका फोन नेपाली बजारमा कहिलेदेखि आएका हुन्?

फोल्ड फ्लिप सिरिजका स्मार्ट फोन नेपालमा सन् २०२० देखि भित्र्याइएको हो। सन् २०२२ सम्ममा विभिन्न तीन संस्करणका स्मार्टफोन ल्याएका थियौं। सन् २०२३ मा नेपालमा मात्रै होइन, विश्वभरि नै बहुप्रतिक्षित फोल्डेबल स्मार्टफोनको नयाँ भर्सन आउँदैछ। नयाँ स्मार्टफोनका पारखीले फोल्डेबल भर्सनको नयाँ स्मार्टफोन निकै समयदेखि प्रतिक्षा गरिरहेका छन्। यो केही समयभित्रै आउनेछ। अहिलेसम्म नेपाल र विश्वभरि नै फोल्डेबल २,३ र ४ आइसकेका छन्।

विश्वबजारमा लञ्च भएको कति समयपछि नेपाली उपभोक्ताले नयाँ संस्करणका स्मार्टफोन प्राप्त गर्न सक्छन्?

नेपालमा सामसुङको आधिकारिक कार्यालय भएकाले पनि विश्वव्यापी रूपमा लञ्च भएका नयाँ सिरिज वा भर्सनका स्मार्टफोन तुरुन्तै ल्याउने प्रयत्न गरिरहेका हुन्छौं। हामीले सधैं जनताले किन्न सक्ने मूल्यमा यथाशक्य चाँडो भित्र्याउने प्रयास गरिरहेका हुन्छौं। योभन्दा पहिलाका फोल्डेबल स्मार्टफोनको कुरा गर्दा पनि ग्लोबल लञ्च भएको केही हप्ताभित्रै नेपालमा भित्र्याइसकेका थियौं।

मूल्यको सन्दर्भमा हाम्रो छिमेकी मुलुक भारतको बजार मूल्यकै हाराहारी हुने गरी नेपाली बजारमा उपलब्ध गराउँदै आएका छौं। हाम्रो त दाबी छ, सामसुम कम्पनीकै कारण नयाँ प्रविधिलाई नेपाली उपभोक्ताले अपेक्षित समयअघि नै प्राप्त गर्न सकिरहेका हुन्।  

प्रकाशित: ११ असार २०८० ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App