माघ चारदेखि लागु हुने गरी काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले पनि राजीनामा दिएका छन्। महानगर प्रमुख बालेन शाह पनि माघ चारमा नै राजीनामा दिने तयारीमा छन्।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएको जानकारी दिएका छन्।
मेयर शाह झापा ५ बाट चुनावमा लड्ने तयारीमा रहेका छन्। यस्तै, पाण्डे भने काठमाडौंबाट नै चुनाव लड्ने चर्चा भइरहेको छ।
प्रकाशित: २ माघ २०८२ १३:४३ शुक्रबार





