नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या
जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तीमा ४० किसानको हत्या गरेको छ।
जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तीमा ४० किसानको हत्या गरेको छ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार यो भूकम्प मियाजाकी प्रिफेक्चर, क्युशु क्षेत्रको तटीय क्षेत्रमा स्थानीय समय अनुसार राति ९:१९ बजे गएको हो।
सुरक्षा व्यवस्थाका लागि ६० हजार सुरक्षाकर्मी खटिएका छन्।
छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकूको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ।
मोटोपन नियन्त्रण गर्न र स्वस्थ आहार प्रवर्द्धन गर्न सार्वजनिक यातायातमा जंक फुडको विज्ञापनमा प्रतिबन्धलगाउने दक्षिण अस्ट्रेलिया पहिलो अष्ट्रेलियाली राज्य बनेको छ।
क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल सुरक्षा चिन्ताका कारण आफूविरुद्धको महाभियोग मुद्दाको पहिलो सुनुवाइमा उपस्थित नहुने उनका वकिलले बताएका छन्। संवैधानिक अदालतको सुनुवाइ मंगलबारका लागि तय भएको छ।
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईले गाजामा इजरायलले अन्तर्राष्ट्रिय कानून र मानव अधिकारको उल्लङ्घन गरेको भन्दै विरोध गर्न जारी राख्ने बताएकी छिन्।
हावा चल्ने क्रम नरोकिएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आगलागी झनै बढेको छ। विगत ६ दिनयता जारी आगलागीमा परेर अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ। १३ जना बेपत्ता छन्।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार भारतीय राजधानी दिल्लीमा शहरमा मेघगर्जन र असिनासहित वर्षाको चेतावनी जारी गरेको छ भने आइतबार बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन गरिएको छ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिएको दाबी गरेका छन्।
इजरायलले हमास र वरिपरिका देशमा गरेको हमलासँगै इरानको प्रत्याक्रमण देखेका कतिपय देशले इजरायली प्रतिरक्षा प्रणाली खरिदमा इच्छा देखाएका छन्।
गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाई जीवितै उद्धार गरिएको थियो।
अमेरिकाको क्यालिफोर्निया राज्यमा विगत ६ दिनदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। जसका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ। धेरै मानिस बेपत्ता भएको आशंका गरिएको छ।
राति हावाहुरी तीव्र हुने भएकाले आगो फैलन सक्ने सम्भावना रहेको छ।
विद्यार्थीले उक्त घटना तीनदेखि चार वर्षको बीचमा भएको बताएकी छिन्।
अमेरिकी राज्य क्यालिफोर्नियाको प्रमुख सहर लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। उक्त आगोले अहिलेसम्म हजारौं एकड जमिन जलेर नष्ट भएको छ। लाखौं प्रयास र साधनस्रोत प्रयोग गर्दा समेत आगो नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय बनेको वैज्ञानिकहरूले बताएका छन्।
अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्भावित दोस्रो कार्यकालमा उनको विस्तारवादी सोच पछ्याउने प्रष्ट देखिन्छ। उनको यो विचारले विश्व स्थिरता, सार्वभौमसत्ता र कानूनी शासनको बारेमा गम्भीर चिन्ता उत्पन्न हुन थालेको छ।
अमेरिकी राज्य क्यालिफोर्नियामा आगलागी भएको ५ दिन बितिसकेको छ। मंगलबारदेखि लागेको आगो शनिबारसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यसबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन्।
स्थानीय समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जना र इटन आगलागीमा छ जनाको मृत्यु भएको बताए। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत भएको छ।
सामान्यतयाः हृदयघातको खतरा विशेष गरी वृद्ध उमेर समूह (६५ वर्षभन्दा माथि) र मध्यम उमेर समूह (४५ देखि ६५ वर्ष) मा बढी हुन्छ। तर पछिल्लो समय युवावस्थामा पनि हृदयघात हुने गरेको छ। यी दुई मृत्युको घटनाले पनि देखाउँछ कि कम उमेरका बालबालिकाहरूमा पनि यस्तो समस्या आउन सक्छ, जुन निकै दुर्लभ हो।
नोभेम्बर ६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी भएका थिए र उनले जनवरी २० मा सपथ लिने कार्यक्रम छ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता गर्न चाहेको बताएका छन्।
अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या दश पुगेको छ।