भारत, उत्तर प्रदेश सरकारको प्रयागराजमा महाकुम्भको पहिलो स्नान गरिएको छ। सोमबार दिउँसोसम्म एक करोड भक्तजनले स्नान सम्पन्न गरिसकेका छन्। आज १ करोड भक्तजन आउने अपेक्षा गरिएको छ। यस अवसरमा २० क्विन्टल फूल भक्तजनमा चढाइनेछ। यो महाकुम्भ १४४ वर्षमा एक पटक आउने दुर्लभ खगोलीय संयोजनमा आयोजना भएको हो।
प्रयागराजमा देशका विभिन्न भागबाट भक्तजन आएका छन्। प्रशासनका अनुसार जर्मनी, ब्राजिल, रुसलगायत २० देशबाट भक्तजन आएका छन्। संगममा प्रत्येक घण्टा २ लाख भक्तजन स्नान गर्ने गर्छन्। आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन्। प्रयागराजमा आजबाट कुम्भ मेला सुरु भएको छ जुन फेब्रअरी २६ का दिन महाशिवरात्रिमा समापन हुनेछ।
उत्तर प्रदेश सरकारले यस पटक ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ। संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ र सवारी साधनको प्रवेश बन्द गरिएको छ। भक्तजनहरू बस र रेलवे स्टेशनबाट १०-१२ किलोमिटर पैदल हिँडेर संगम पुग्छन्। सुरक्षा व्यवस्थाका लागि ६० हजार सुरक्षाकर्मी खटिएका छन्।
प्रकाशित: २९ पुस २०८१ १४:१५ सोमबार